ट्विटरमाथि नाइजेरिया सरकारले लगाएको प्रतिबन्ध ७ महिनापछि हट्यो

Technology Khabar २९ पुष २०७८, बिहीबार

ट्विटरमाथि नाइजेरिया सरकारले लगाएको प्रतिबन्ध ७ महिनापछि हट्यो

काठमाडौं ।

नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध ७ महिनापछि हटाएको छ। राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो।

नाइजेरियाली सरकारले जून ४ मा राष्ट्रपति मुहम्मद बुहारीको एउटा पोस्ट हटाएपछि ट्विटरलाई निलम्बन गरेको थियो जुन क्षेत्रीय अलगाववादीहरुलाई सजाय दिने धम्की थियो। केहि टेलिकम कम्पनीहरुले पछि नाइजेरियामा प्रयोगकर्ताहरुको लागी ट्विटर उपयोग अवरुद्ध गरेका थिए।

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच लामो छलफल भएको थियो । राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ।

नाइजेरियामा ट्विटरमा लगाएको प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए।

easy care

प्रकाशित: २९ पुष २०७८, बिहीबार