
काठमाडौं ।
अमेरिकाको संद्घीय उड्डयन प्रशासन एफएएले आज बिहीबारदेखि फाइभजी वायरलेसले विमान तथा उड्डयन क्षेत्रमा पार्ने प्रभावका बारेमा सूचना प्रकाशित गर्न थालेको छ।
एफएएले फाइभजी वायरलेस प्रविधिले विमानका संवेदनशील इलेक्ट्रोनिक उपकरणहरुमा उत्पन्न गर्न सक्ने नकारात्मक जोखिमका बारेमा विस्तृत जानकारी सहितको सूचना प्रकाशित गरेको हो।
उक्त संस्था यसबीच विमान निर्माता कम्पनी, एयरलाईन्स तथा वायरलेस सेवा प्रदायकहरुसँग आगामी जनवरी १९ देखि शुरु हुने नयाँ वायरलेस सेवाले पार्न सक्ने प्रभावका बारेमा छलफलमा जुटको थियो।
एफएएले फाइभजी वायरलेसले पार्नसक्ने सम्भावित हस्तक्षेपका कारण अल्टिमिटरजस्ता विमानका संवेदनशील उपकरणमा आउने जोखिमका बारेमा चेतावनी दिँदै आएको थियो।
एटीएन्डटी तथा भेरिजोन गत जनवरी ३ मा अमेरिकाका ५० ओटा विमानस्थललाई फाइभजी वायरलेस बफर जोनमा राख्न सहमत भएका थिए।
प्रकाशित: २९ पुष २०७८, बिहीबार