भिभोद्वारा १० सेकेन्डमा २० हजार आईकू ९ स्मार्टफोन बिक्री

Technology Khabar २९ पुष २०७८, बिहीबार

भिभोद्वारा १० सेकेन्डमा २० हजार आईकू ९ स्मार्टफोन बिक्री

काठमाडौं ।

भिभोले हालै आफ्नो सहायक ब्रान्ड आईकूको नयाँ स्मार्टफोन आईकू९ १० सेकेन्डमा २० हजार थान बिक्री गरेको छ।

आईकूले आफ्नो ९ सिरिजका आईकू९ र ९प्रो चीनमा अघिल्लो महिना सार्वजनिक गरेको थियो।

यी दुई मोडल स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त भिभोका पहिलो सेटहरु हुन्। यी मोडलहरुलाई उपभोक्ताहरुले यति रुचाए कि १० सेकेन्डमै २० हजार थान सोल्ड आउट भयो।

आईकूका अनुसार फ्ल्याश इभेन्टमा १० सेकेन्डमै २० हजार थान फोन बिकेका कारण ब्रान्डको आम्दानी१० करोड चिनियाँ यूआन अर्थात् १ करोड ५७ लाख डलरभन्दा बढी भएको थियो।

यो डिभाइसमा ४७०० एमएएचको ब्याट्री रहेको छ भने १२० वाट फास्ट चार्जिङ सपोर्टसहित आउँछ। यसमा अपरेटिङ सिस्टमका हिसाबले ओरिजिनओएस ओसियन दिइएको छ भने यसको मूल्य मेमोरी अनुसार ३९९९ र ४७९९ अर्थात् क्रमश: ६३० र ७५५ डलर तोकिएको छ।

यस्तै अझ सुधारिएको स्क्रीन र क्यामराका साथमा आउने प्रो भर्सनको मूल्य भने ४९९९ तथा ५९९९ चिनियाँ यूआन अर्थात क्रमश: ७८५ र ९५० डलरमा उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ।

easy care

प्रकाशित: २९ पुष २०७८, बिहीबार

ताजा समाचार