तपाइँको स्मार्टफोनबाट कसैले तपाइँको जासुसी गरिरहेको छ? सुरक्षित रहन यी स्टेपहरु पालना गर्नुस्

Technology Khabar २९ पुष २०७८, बिहीबार

तपाइँको स्मार्टफोनबाट कसैले तपाइँको जासुसी गरिरहेको छ? सुरक्षित रहन यी स्टेपहरु पालना गर्नुस्

काठमाडौं ।

स्मार्टफोन हामी मानिसहरूका लागि उपयोगी डिभाइस हो तर यो सूचना र संवेदनशील डाटाको प्रवेशद्वार पनि हो जुन गलत हातमा परेमा दूरुपयोग हुन सक्छ।

स्पाइवेयर र सम्भावित मालवेयरबाट सुरक्षित रहनको लागि, साइबर सुरक्षासँग सम्बन्धित अमेरिकी सरकारी एजेन्सी नेशनल काउन्टरइन्टेलिजेन्स एण्ड सेक्युरिटी सेन्टर (एनसीएससी) ले प्रयोगकर्ताहरूलाई निगरानी उपकरणहरू(सर्विलेन्स टूल्स)का बारेमा थप सचेत र सुरक्षित हुन मद्दत गर्न बुलेटिन जारी गरेको छ।

कम्पनी र व्यक्तिहरूले व्यावसायिक सर्विलेन्स टूल्स सरकार र अन्य निकायहरूलाई बेचिरहेका छन् जसले तिनीहरूलाई खराब उद्देश्यका लागि प्रयोग गरेको एनसीएससीले हाइलाइट गरेको छ।

सर्विलेन्स टूल्सले के गर्न सक्छ?

यी उपकरणहरूले फोन कलहरू सहित अडियो रेकर्ड गर्न सक्छन्।
तपाईँको फोनको स्थान ट्र्याक गर्न सक्नेछन्।
टेक्स्ट सन्देशहरू, फाइलहरू, च्याटहरू, व्यावसायिक मेसेज एप सामग्री, सम्पर्कहरू र ब्राउजिङ हिस्ट्रीसहित फोनमा लगभग सबै सामग्री पहुँच गर्न र पुन: प्राप्त गर्न सक्छ।

त्यस्ता निगरानी उपकरणहरूको बारेमा के गर्न सकिन्छ?

तपाईलाई विशेष रूपमा लक्षित गरिँदै छ कि छैन भनेर जान्न गाह्रो भएतापनि, एजेन्सीद्वारा सूचीबद्ध केही चरणहरूको बारेमा बताएको छ जसलाई पछ्याएर भविष्यमा सुरक्षित रहन सकिन्छ।

  • डिभाइस अपरेटिङ सिस्टम र मोबाइल एप नियमित रूपमा अपडेट गर्नुहोस्।
  • तपाईंले नचिनेका व्यक्तिहरूद्वारा पठाइएका लिङ्कहरू वा एट्याचमेन्टहरु नखोल्नुहोस्।
  • संदिग्ध लिङ्क वा संदिग्ध इमेल र एट्याचमेन्टहरूमा क्लिक नगर्नुहोस्।
  • यूआरएल (URL) जाँच गर्नुहोस् वा लिङ्कमा क्लिक गर्नुअघि सीधै वेबसाइटमा जानुहोस्।
  • नियमित रूपमा मोबाइल डिभाइसलाई रिस्टार्ट गर्नुहोस्, जसले मालवेयरलाई क्षति गर्न वा त्यसलाई हटाउन मद्दत गर्न सक्छ।
  • एन्क्रिप्ट र पासवर्डद्वारा आफ्नो डिभाइसलाई सुरक्षित गर्नुहोस्।
  • सम्भव भएसम्म आफ्नो डिभाइसको भौतिक नियन्त्रण(फिजिकल कन्ट्रोल) कायम राख्नुहोस्।
  • विश्वसनीय भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्नुहोस्।
  • डिभाइसमा जियोलोकेशन विकल्प र कभर क्यामरा डिसेबल गर्नुहोस्।

एजेन्सीले दाबी गरेको छ कि यी पोइन्टर्सहरूले प्रयोगकर्ताहरूलाई सुरक्षित रहन मद्दत गर्नेछ, तर तिनीहरूले ह्याक हुने स्थितिमा सुरक्षा गर्ने त्यहाँ कुनै ग्यारेन्टी छैन। सुरक्षित रहनको लागि, संवेदनशील डाटासँग सावधान रहनु र डिभाइसमा पहिले नै छेडछाड भइसकेको छ भनी मान्नु उचित हुन्छ।

Global Bank
easy care

प्रकाशित: २९ पुष २०७८, बिहीबार

ताजा समाचार