विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जेम्स वेबको क्यामरा खोलिँदै, यहाँ हेर्न सकिनेछ प्रत्यक्ष प्रशारण

Technology Khabar २४ पुष २०७८, शनिबार

विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जेम्स वेबको क्यामरा खोलिँदै, यहाँ हेर्न सकिनेछ प्रत्यक्ष प्रशारण

काठमाडौं ।

नासाको जेम्स वेब टेलिस्कोपले अन्तरिक्षमा केही महत्त्वपूर्ण चरणहरू पार गर्दैछ। नासाका इन्जिनियरहरूले यस टेलिस्कोपमा प्रमुख उपकरण र टूल्स प्रयोग गर्न कडा मेहनत गरिरहेका छन्। यी उपकरणहरूमा टेलिस्कोपको सनशिल्ड र सेकेण्डरी मिररहरू समावेश छन्।

पछिल्लो जानकारीअनुसार शनिबार यस टेलिस्कोपको प्राइमरी क्यामरा जडान हुने भएको छ। यो तैनाथीसँगै अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली टेलिस्कोपसँग सम्बन्धित महत्वपूर्ण कार्य पूरा हुनेछ।

अन्तरिक्षमा यो प्रक्रिया पूरा गरेपछि यो टेलिस्कोपले आफ्नो मिसन सुरु गर्नेछ। १० अर्ब अमेरिकी डलर लगानीको जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म बनेको सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोप हो। यसको उद्देश्य खगोलविद्हरूलाई सफल आविष्कारहरू गर्न मद्दत गर्नु हो।

जेम्स वेब स्पेस टेलिस्कोपको यो परियोजना नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानेडियन स्पेस एजेन्सीले संयुक्त रूपमा सुरु गरेको हो। यो टेलिस्कोप २५ डिसेम्बरमा एरियन ५ रकेटबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अन्तरिक्षमा छोडेपछि यो टेलिस्कोप बिस्तारै खुल्न थाल्यो । अहिले अन्तिम चरणमा पुगेको छ। वैज्ञानिकहरूले यो सम्पूर्ण प्रक्रियालाई नियन्त्रण गरिरहेका छन्, तर, टेलिस्कोप उपकरणको डिप्लोएमेन्ट धेरै पटक परिवर्तन गर्नुपर्छ।

नासाले जेम्स वेब स्पेस टेलिस्कोपको सबैभन्दा महत्त्वपूर्ण डिप्‍लोयमेन्टको अन्तिम घण्टाको प्रत्यक्ष कभरेज प्रसारण गर्ने बताएको छ। यो कार्य नेपाली समय अनुसार शनिवार साँझ करिब ७ः४५ बजे देखि हेर्न सकिनेछ। प्रत्यक्ष प्रशारण राती १२ बजे समाप्त हुने अपेक्षा गरिएको छ। यसपछि नासाले पत्रकार सम्मेलन गर्ने छ। लाइभ टेलिकास्ट र मिडिया ब्रिफिङ दुवै नासाको वेबसाइटमा हेर्न सकिन्छ।

अन्तरिक्षमा पठाईएको यो टेलिस्कोपले काम गर्न र पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने छ। त्यसबेलासम्म, हबल टेलिस्कोपले आफ्नो काम जारी राख्नेछ। महत्त्वपूर्ण कुरा, जेम्स वेब स्पेस टेलिस्कोपले अन्तरिक्षमा हबल टेलिस्कोपलाई प्रतिस्थापन गर्नेछ।

यस हप्ताको सुरुमा जेम्स वेब टेलिस्कोपले यसको सनशिल्ड पूर्णरूपमा सक्रिय गर्यो। सनशिल्डले टेलिस्कोप र यसको लेन्सलाई चिसो बनाई राख्न मद्दत गर्नेछ र यसले तारा र ग्रहहरूको तस्बिरहरू खिच्न सक्षम हुनेछ।

यसअघि धेरैले सनशिल्डको पाँच तह खोलिने बारेमा शंका गरेका थिए र वैज्ञानिकहरुसमेत यसमा चनाखो र गंभिर थिए। यसको पूर्ण सक्रियताको कारण, वैज्ञानिकहरूले ठूलो सफलता पाएका छन्। यसले विशेषगरी सूर्यको किरणबाट बचेर बाहिरी अन्तरिक्षको बारेमा अध्ययन अनुसन्धान गर्न सहयोग गर्नेछ।

Global Bank
easy care

प्रकाशित: २४ पुष २०७८, शनिबार