Technology Khabar २३ पुष २०७८, शुक्रबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आफ्नो कलरओएस १२ अपडेट पाउने स्मार्टफोनहरुको सूची सार्वजनिक गरेको छ।
ओपोले आफ्नो कलरओएस १२ भर्सन गत अक्टोबरमा सार्वजनिक गरेको थियो भने अब कम्पनीले त्यसैको अपडेट पाउने स्मार्टफोनहरुको सूची निकालेको हो।
ओपोले हालै आफ्नो कम्युनिटी फोरममा स्टेबल र बिटा दुवै भर्सन सार्वजनिक हुने मिति, डिभाइस र क्षेत्रको विस्तृत विवरणसहितको सूची प्रकाशित गरेको हो।
बिटा कलरओएस१२ को रोलआउटको योजनामा ओपोले शुरुवातमा आगामी फेब्रुअरीमा रेनो५ एफ, रेनो४, रेनो४ एफ, एफ१९ प्रो तथा एफ१७ प्रो लाई राखेको छ।
यसैगरी रेनो५ लाइट, रेनो४ प्रो फाइभजी, रेनो४ जेड फाइभजी, रेनो४ लाइट, ए९४ तथा ए५३एस फाइभजीले भने कलरओएस १२ को बिटा भर्सन आगामी मार्चमा पाउनेछन्।
यस्तै कलरओएस १२ को स्टेबल भर्सनको फर्मवेयर अपडेट भने बेल्जियम, फ्रान्स, जर्मनी इटली लक्जम्बर्ग पोर्चुगल स्पेन न्यूजिल्यान्ड तथा बेलायतमा यूजरले फाइन्ड एक्स३ प्रो फोनमा यसै महिना पाउने बताइएको छ।
फ्रान्सका फाइन्ड एक्स३ नियो फाइभजी यूजरले भने फर्मवेयर अपडेट आगामी जनवरी १७ देखि तथा इटली तथा स्पेनका ओपो ए७३ फाइभजी यूजरले जनवरी २० बाट पाउने जीएसएमएरिनामा उल्लेख छ।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार