चीनले परीक्षण गर्यो कृत्रिम सूर्य, वास्तविकभन्दा पाँच गुणा बढी तातो

Technology Khabar २३ पुष २०७८, शुक्रबार

चीनले परीक्षण गर्यो कृत्रिम सूर्य, वास्तविकभन्दा पाँच गुणा बढी तातो

काठमाडौं ।

छिमेकी मुलुक चीनले कृत्रिम सूर्यको परीक्षण गरेको छ। भविष्यमा स्वच्छ उर्जा आवश्यक पर्ने भन्दै मानव निर्मित सूर्यको सफल परीक्षण गरेको हो।

एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई चीनले पारमाणविक फ्युजन भट्टी भनेको छ।

७ करोड डिग्री सेल्सियस ताप भएको यो भट्टीलाई परीक्षका क्रममा १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईमा यही साता कृत्रिम सूर्यको परीक्षण गरिएको हो। परीक्षणका क्रममा यसको तापक्रम वास्तविक सूर्य भन्दा पाँच गुणा बढी महसुस गरिएको छ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाएर सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो। कृत्रिम सूर्यको अनुसन्धानलाई सफल बनाउन १० हजार भन्दा चिनियाँ र अन्य मुलुकका वैज्ञानिक आबद्ध छन्।

कृत्रिम सूर्य सञ्चालनका क्रममा जीवावशेष इन्धनको आवश्यकता नपर्ने यस्तो आविष्कारले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने दावी गरेका भौतिकशास्त्रीहरुले यसलाई वातावरण मैत्री मानेका छन्।

यो परियोजनाका लागि चीनले ७० करोड १० लाख पाउण्ड भन्दा बढी खर्च गरिसकेको बताइएको छ।

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

ताजा समाचार