चीनद्वारा जनमतलाई प्रभाव पार्ने एपहरुको सुरक्षा जाँच गर्ने नियमको मस्याैदा जारी

Technology Khabar २२ पुष २०७८, बिहीबार

चीनद्वारा जनमतलाई प्रभाव पार्ने एपहरुको सुरक्षा जाँच गर्ने नियमको मस्याैदा जारी
NTC_Advt

काठमाडौं ।

चीनको साइबर नियामक संस्थाले बुधबार जनमतलाई प्रभाव पार्नसक्ने एपको सुरक्षा समीक्षाका बारेमा बनाइएको नियमको मस्याैदा सार्वजनिक गरेको छ।

प्रस्तावित नियमहरु साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइनाले समुद्रपारका प्रविधि कम्पनीमाथि निगरानी गर्ने उद्देश्यले गत वर्षदेखि चलाइरहेको अभियानको एउटा पाटो रहेको बुझिएको छ।

नियामकले यो मस्योदामाथि सुझाव तथा प्रतिक्रिया दिन सर्वसाधारणका लागि आगामी जनवरी २० सम्मको समयसीमा तोकेको छ।

प्रस्तावअनुसार कुनै पनि कम्पनीले नयाँ प्रविधि, एप्लिकेशन तथा फङ्शन शुरु गर्नुअघि सुरक्षा परीक्षण गराउनु पर्नेछ। परीक्षणमा यी कुराहरुले जनमतलाई प्रभाव पार्दैनन् भन्ने पुष्टि हुनु जरुरी हुन्छ।

प्रस्तावित नियमहरु शब्द, तस्बिर, आवाज भिडियो तथा अन्य जानकारीमूलक उत्पादनमा लागू हुने बताइएको छ। यसबाहेक मेसेज, समाचार, फोरम समुदाय लाइभस्ट्रिमिङ तथा ई-कमर्स पनि यी नियमका अधीनमा आउनेछन्।

यसबाहेक मोबाइल एप प्रदायकले राष्ट्रिय सुरक्षामाथि खतरा आउने वा प्रयोगकर्तालाई अनावश्यक व्यक्तिगत विवरण वा जानकारी शेयर गर्न बाध्य पार्ने खालका गतिविधि गर्न नहुने पनि नियामकले थपेको छ।

समाचार एपले समाचार प्रकाशन गर्ने इजाजत प्राप्त गरेको हुनुपर्ने नियममा उल्लेख छ।

एक वर्षयता चिनियाँ अधिकारीहरुले गेमिङदेखि रियल इस्टेट, प्रविधि, शिक्षालगायतका थुप्रै उद्योगमाथि कडाइ गर्दै आइरहेका छन्र

प्रकाशित: २२ पुष २०७८, बिहीबार