सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

Technology Khabar २१ पुष २०७८, बुधबार

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर
Global IME Bank

काठमाडौं ।

सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ। यो अफर अन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन निशुल्क इन्टरनेट पाउनेछन्।

त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः बीस दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। सीजी नेटले यसअघि काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम रहेको जानकारी दिएको थियो।

९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयामा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ।

त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया