प्रेस पासको शुल्क इसेवाबाट समेत भुक्तान गर्न सकिने

Technology Khabar २० पुष २०७८, मंगलवार

प्रेस पासको शुल्क इसेवाबाट समेत भुक्तान गर्न सकिने

काठमाडौं ।

अब सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने प्रेस पासको लागि आवश्यक पर्ने शुल्क इसेवाबाट समेत भुक्तान गर्न सकिने भएको छ।

विभागले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै इसेवाबाट समेत प्रेस पासको लागि अनलाइन भुक्तानी गर्न सकिने जनाएको छ।

यसअघि कनेक्ट आईपिएसबाट मात्रै प्रेस पासको लागि अनलाइन भुक्तानी गर्न मिल्ने सुविधा थियो। अब त्यसमा इसेवा पनि थप गरिएको हो ।

इसेवा एपको ‘गभर्नमेन्ट पेमेन्ट’ अप्सनमा गएर सूचना तथा प्रसारण विभागको आईकनमा क्लिक गरी अनलाइनबाटै राजस्व तिर्न सकिने बताईएको छ।

कोरोना महामारी भएसँगै विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन पत्रिका तथा सञ्चारमाध्यम दर्ता सेवा अनलाइनबाटै प्रदान गरिरहेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० पुष २०७८, मंगलवार

ताजा समाचार