प्रहरी र सरकारी निकायका लागि अमेरिकाको न्यूयोर्क शहरद्वारा १८४ इलेक्ट्रिक भेहिकल खरिद

Technology Khabar १६ पुष २०७८, शुक्रबार

प्रहरी र सरकारी निकायका लागि अमेरिकाको न्यूयोर्क शहरद्वारा १८४ इलेक्ट्रिक भेहिकल खरिद

काठमाडौं ।

अमेरिकाको न्यूयोर्क शहरले १८४ ओटा अल इलेक्ट्रिक अल मस्टाङ्ग माच ई गाडी खरिद गरेको छ, र ती सबै कानून प्रवर्तन र आपतकालीन रेस्पोन्सका लागि प्रयोग गरिने छ।

इलेक्ट्रेकले रिपोर्टमा उल्लेख गरेझैं, यो कदम २०२२  मा १,२५० भन्दा बढी विद्युतीय सवारीहरू खरिद गर्ने शहरको योजनाको एक हिस्सा हो। त्यो ४२ करोड २० लाख डलर लगानीको सहयोगमा “शहरव्यापी जलवायु उत्सर्जनमा ठूलो कटौती” गर्ने ठूलो प्रयासको हिस्सा हो।

आफ्नो घोषणामा, स्थानीय न्यूयोर्क सरकारले माच ई गाडीहरु न्यूयोर्क पुलिस विभाग, न्यूयोर्क शहर शेरिफको कार्यालय, सुधार विभाग, पार्क र मनोरञ्जन विभाग, वातावरण संरक्षण विभागद्वारा प्रयोग गरिने बताएको छ।

न्यूयोर्क आपतकालीन व्यवस्थापन, डिसीएएस पुलिस र मुख्य चिकित्सा परीक्षकको कार्यालयले समेत प्रयोग गर्नेछन् । यी इलेक्ट्रिक भेहिकलहरु ३० जुन, २०२२ सम्ममा सहरले प्राप्त गरेपछि उनीहरूले ती एजेन्सीहरूको अहिलेका पेट्रोलबाटबाट चल्ने सवारी साधनहरू प्रतिस्थापन गर्नेछन्।

न्यूयोर्कले यसको माच ई खरिद अहिलेसम्मको सबैभन्दा ठूलो इभी खरिदको अंश भएको बताएको छ। यद्यपि योगाडी मात्र किन्ने योजना लामो समयसम्म नहुन सक्छ। शहरले अर्को पाँच वर्षमा जुनसुकै बेला २५० टेस्ला मोडल ३ गाडीहरू किन्न सक्ने विकल्पलाई पनि स्वीकृत गरेको छ।

यस महिनाको सुरुमा, फोर्डले अमेरिकामा २०२२ मा र युरोपमा २०२३ सम्ममा माच-ईको उत्पादन प्रति वर्ष २ लाख यूनिटसम्म पुर्याउने घोषणा गर्‍यो।

कम्पनीका सीईओ जिम फार्लीले विद्युतीय सवारीको ठूलो माग भएको र फोर्डले कथित रूपमा माग पूरा गर्न पर्याप्त माच ई उत्पादन सुनिश्चित गर्नका लागि एक्सप्लोरर र एभिएटर इभीको उत्पादनलाई ढिलाइ गर्ने बताए।

Global Bank
easy care

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

ताजा समाचार