विश्वको सबैभन्दा ठूलो टेलिस्कोपका लागि अन्तरिक्षमा आउने केही दिन निकै महत्वपूर्ण

Technology Khabar १६ पुष २०७८, शुक्रबार

विश्वको सबैभन्दा ठूलो टेलिस्कोपका लागि अन्तरिक्षमा आउने केही दिन निकै महत्वपूर्ण

काठमाडौं ।

नासाले हालै अन्तरिक्षमा पठाएको अत्याधुनिक जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा केही महत्त्वपूर्ण चरणहरू पार गर्दैछ। जसले यसको सफलता निर्धारण गर्नेछ। यो शक्तिशाली अन्तरिक्ष वेधशाला क्रिसमसको दिन कक्षमा प्रक्षेपण गरिएको थियो।

स्पेस अब्जर्भेटरी आफ्नो पाँच तहको सनशिल्ड खोल्ने दिशामा अघि बढिरहेको छ। टेलिस्कोपको उपकरणले राम्रोसँग काम गर्नको लागि, सनशिल्ड प्रोटेक्सनले यसमा सहयोग गर्नेछ र यसलाई चिसो राख्नेछ। यी तनावपूर्ण क्षणहरूमा, नासाले ट्विटरमार्फत नियमित अपडेटहरू दिइरहेको छ र विश्वभरका लाखौं मानिसहरूले यसलाई फलो गरिरहेका छन्।

एक ट्वीटमा, नासाले जेम्स वेब टोलीले आगामी केही दिनहरूमा सन शिल्ड खोल्न डिप्लोएबल टावर एसेम्बली (डिटिए) लाई सफलतापूर्वक बिस्तार गरेको बताएको छ।

पृथ्वीबाट यस स्पेस टेलिस्कोपको प्रक्षेपण यस अभियानको सुरुवात थियो। अबको ६ महिनामा जेम्स वेब टेलिस्कोपले धेरै प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यस पछि यसले पूर्ण रूपमा काम गर्न सुरु हुनेछ। यो प्रक्रिया लामो रहेको छ किनभने जेम्स वेब टेलिस्कोप आफैंमा एक ठूलो वेधशाला हो। यो एरियन लन्चरको ‘नोज कोन’ सानो ठाउँमा प्याक गरिएको थियो। यसको मतलब यो टेलिस्कोपलाई कक्षमा छोडेपछि मात्र खोल्न सकिन्छ।

डिप्लोएबल टावर असेम्ब्ली (डिटिए) ले अब्जर्भेटरीका उपकरणहरूलाई चिसो राख्नको लागि अब्जर्भेटरी र स्पेसक्राफ्टको बीचमा ठाउँ बनाउँछ। सन शिल्ड मेम्ब्रेनले पनि यस ग्यापमा स्थान पाउनेछ।

नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपलाई सनशिल्डका कारण ‘हट साइड’ र ‘कोल्ड साइड’मा विभाजन गरिएको छ। सनशिल्डले ताप र प्रकाश रोक्नको लागि सधैं सूर्यको सामना गर्नेछ किनकि वेब मिररहरू अत्यन्तै चिसो राखिराख्नु आवश्यक छ।

टेलिस्कोपको तातो भागमा तापक्रम ८५ डिग्री सेल्सियस पुग्नेछ र चिसो भागमा माइनस २३३ डिग्री सेल्सियसको आसपास हुनेछ। नासाले तापक्रमको जानकारी दिने लाइभ ट्र्याकर पनि जडान गरेको छ। नासाले जेम्स वेबको टोलीले केही काम सफलतापूर्वक पूरा गरेको बताएको छ।

यसले सो अब्‍जर्भेटरीको आयु विस्तार गर्नेछ। यो टेलिस्कोप नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानडाको अन्तरिक्ष एजेन्सीको संयुक्त परियोजना हो र यसले हबल टेलिस्कोपलाई प्रतिस्थापन गर्नेछ।

दश अर्ब डलर लगानी गरिएको जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म बनेको सबैभन्दा ठूलो टेलिस्कोप हो।

easy care

प्रकाशित: १६ पुष २०७८, शुक्रबार