७० इन्चको डिस्प्लेसहित शाओमीको नयाँ एमआई टिभी चीनमा सार्वजनिक

Technology Khabar १५ पुष २०७८, बिहीबार

७० इन्चको डिस्प्लेसहित शाओमीको नयाँ एमआई टिभी चीनमा सार्वजनिक
NTC_Advt

काठमाडौं ।

शाओमी एमआई टिभी ईए७० २०२२ चीनमा ७० इन्चको डिस्प्लेसहित लन्च गरिएको छ। यो फोरके टिभीमा ६४ बिट क्वाड-कोर प्रोसेसर लगाइएको छ र यसमा दुईवटा स्टेरियो स्पिकरहरू दिइएको छ।

शाओमीले टिभीमा प्रिमियम वन-पीस २ एमएम मेटल फ्रेम रहेको र ९७.९ प्रतिशत स्क्रिन-टु-बडी रेसियो प्रदान गर्ने बताएको छ। यो टिभीको लागि नै “नयाँ-अपग्रेड” गरिएको एमआईयूआईमा यसले काम गर्दछ। शाओमी टिभी ब्लुटुथ भ्वाइस रिमोट कन्ट्रोलका साथ आउँछ।

शाओमी एमआई टिभी ईए७० २०२२ मूल्य, उपलब्धता

शाओमी एमआई टिभी ईए७० २०२२ को मूल्य ३,२९९ यूआन तोकिएको छ। यसलाई चीनमा शाओमी अनलाइन स्टोर एमआई डटकममार्फत खरिद गर्न सकिन्छ। टिभीको बिक्री डिसेम्बर ३१ बाट सुरु हुनेछ र अहिले कालो कलर भेरियन्ट खरिदका लागि उपलब्ध हुनेछ।

शाओमी एमआई टिभी ईए७० २०२२ विशेषताहरू

शाओमी एमआई टिभी ईए७० २०२२ले ७०-इन्च (३,८४०x१,१६० पिक्सेल) डिस्प्ले १७६-डिग्री हेर्ने कोण, ६० हर्ज रिफ्रेस रेट र ३०० निट्स अधिकतम ब्राइटनेसको साथ दिन्छ। यो टिभी क्वाड-कोर प्रोसेसरले सुसज्जित छ, जसमा माली जीपीयू दिइएको छ। यो टिभी १.५ जीबी र्याम र ८ जीबी स्टोरेज अप्सनका साथ आउँछ। यसले टिभीको लागि अपग्रेड गरिएको एमआईयूआईमा काम गर्छ, जसलाई स्मार्ट भ्वाइस कन्ट्रोल र न्यूनतम मोड प्रदान गर्ने दाबी गरिएको छ।

कनेक्सनको लागि, टिभीमा ब्लुटुथ, वाइफाइ (२.४ गीगाहर्ज) र इन्फ्रारेड समावेश छ। यसमा दुईवटा एचडीएमआई पोर्ट, एभी पोर्ट, एटीभी/डिटिएमबी पोर्ट, दुई यूएसबी पोर्ट, एस/पिडिआईएफ पोर्ट र इथरनेट पोर्ट छन्। टिभीले दुई १० वाट स्पिकरहरूसँग डिटिएस-एचडी समर्थन प्राप्त गर्दछ।

स्ट्यान्डको साथ यसको वजन १९.५ किलोग्राम छ। यो टिभी अन्य बजारमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

स्मरणरहोस् नेपाली बजारमा शाओमीका ६५ इन्च सम्मका टिभीहरु मात्र उपलब्ध रहेका छन् ।

प्रकाशित: १५ पुष २०७८, बिहीबार