सूचना प्रविधि केन्द्रले २ अर्ब २६ करोड मागेको भन्दै दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको विरोध

Technology Khabar ६ पुष २०७८, मंगलवार

सूचना प्रविधि केन्द्रले २ अर्ब २६ करोड मागेको भन्दै दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको विरोध

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेपाल दूरसञ्चार प्राधिकरणसँग डिजास्टर रिकभरी सेन्टरको क्षमता बिस्तारको लागि रकम माग गरेको भन्दै प्राधिकरण कर्मचारी यूनियनले आपत्ति जनाएको छ।

प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले डिजास्टर रिकभरी सेन्टरको क्षमता बिस्तारको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत अनौपचारिकरुपमा २ अर्ब २६ करोड ३ लाख रुपैयाँ माग गरेको भन्दै सो बारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

यूनियनले प्राधिकरणको आफ्नै वार्षिक कार्यक्रम कार्यान्वयनको लागि समेत रकम अपुग भएको अवस्थामा प्राधिकरणले सो रकम दिन नहुने उल्लेख गरेकोछ।

त्यसैगरी आर्थिक अध्यादेश २०७८ मा भएको प्रावधान बमोजिम प्राधिकरणले बजेट खर्च बाहेकका रकम अर्थ मन्त्रालयको कोषमा दाखिला गरिसकेको सन्दर्भमा प्राधिकरणको बजेटमा नै असर पर्ने गरेर रकम नदिन समेत माग गरेको छ।

यसअघि पनि सञ्चार मन्त्रालयले सो विषयमा बजेट कार्यान्वयनका लागि निर्देशन दिँदै केन्द्रलाई रकम दिन भनेको थियो तर प्राधिकरणले सो रकम दिन बजेट नभएको भन्दै रकम उपलब्ध गराउन मानेको थिएन्।

हेर्नुस् विज्ञप्ती-

प्रकाशित: ६ पुष २०७८, मंगलवार