ओपोको पहिलो फोल्डेबल फोन फाइन्ड एनको आधिकारीक मूल्य भन्दा रिसेल मूल्य धेरै !

Technology Khabar ३ पुष २०७८, शनिबार

ओपोको पहिलो फोल्डेबल फोन फाइन्ड एनको आधिकारीक मूल्य भन्दा रिसेल मूल्य धेरै !

काठमाडौं ।

ओपोले हालै आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक फोल्डेबल फोन बजारमा प्रवेश गरेको छ। तर कम्पनी प्रवेश गरेसँगै फोनको माग पनि उच्च देखिएको छ।

हाल ओपोको फाइन्ड एन फोल्डेबलको चर्चा नयाँ स्तरमा पुगेको छ किनभने चीनमा सीमित मात्रामा फोल्डेबल फोनसको पहिलो अनलाइन बिक्रीको क्रममा केहि सेकेन्डमा नै बिक्री भएको छ।

पहिलो बिक्रीमा कति यूनिट सोल्ड आउट भयो भन्ने जानकारी छैन् तर कम्पनीको फोनको मूल्य त्यसपछि चुलिएको छ।

आईटी होममार्फत चीनबाट प्राप्त रिपोर्टहरूले दोस्रो बजारमा ८जीबी/२५६जीबी मोडेलको लागि ९,२९९ यूआन र १२/५१२जीबी भर्सनको लागि १२,००० चिनियाँ यूआन मूल्यका साथ आकाशिएको उल्लेख गरेका छन्। यसको अर्थ पहिलो लटमा फोन किनेकाहरुले त्यसलाई थप मूल्य जोडेर सेकेण्डरी मूल्यमा रिसेल गरिरहेका छन्।

स्मरण रहोस ओपोको यो पहिलो फोल्डेबल फोनमध्ये आधारभूत मोडेलको खुद्रा मूल्य निर्धारण ७,६९९ यूआन छ जबकि माथिल्लो संस्करणको बजार मूल्य ८,९९९ यूआन तोकिएको छ।

ओपो फाइन्ड एन आगामी बिहीबार, डिसेम्बर २३ देखि चीनमा खुल्ला बिक्रीमा जाने अपेक्षा गरिएको छ। ओपोले यो डिभाइस चीनमा मात्र विशेष रहने पनि पुष्टि गर्‍यो।

easy care

प्रकाशित: ३ पुष २०७८, शनिबार