विद्युतीय सवारीसाधन प्रयोग बढाउन आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहन गरिने

Technology Khabar १ पुष २०७८, बिहीबार

विद्युतीय सवारीसाधन प्रयोग बढाउन आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहन गरिने
सांकेतिक तस्बिर

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले नेपाल सरकार विद्युतीय सवारीसाधन अधिकतम प्रयोगका लागि विभिन्न आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताएकि छन् ।

थाइल्याण्डको राजधानी बैङ्ककमा जारी ‘यातायातसम्बन्धी एसिया प्रशान्त क्षेत्रका राष्ट्रका मन्त्रीस्तरीय सम्मेलन’मा भर्चुअल सम्बोधन गर्दै उनले शहरी सार्वजनिक यातायात, विद्युतीय यातायात र सडक सुरक्षासम्बन्धी सरकारको योजनाबारे जानकारी गराएकी हुन् । उनले नेपाल सरकारले राष्ट्र सङ्घको दिगो विकास एजेण्डा २०३० लाई आफ्नो नीति तथा कार्यक्रममा राखिसकेको र पेरिस सम्झौताअनुसार यातायात क्षेत्रबाट हरित गृह ग्याँसमा परिरहेको प्रभाव घटाउने बताईन् ।

सार्वजनिक यातायातलाई अझै बढी दीगो, समावेशी र वातावरणमैत्री बनाउन सरकारले प्रयास गरिरहेको मन्त्री यादवले बताईन् । उनले सरकारको यो प्रयासमा हातेमालो गरी सहयोग गर्न एसिया प्रशान्त क्षेत्रका सबै सदस्य राष्ट्रहरु, संयुक्त राष्ट्र सङ्घ, यसका संस्था र विकास साझेदार संस्थालाई पनि आह्वान गरिन् ।

Global Bank
easy care

प्रकाशित: १ पुष २०७८, बिहीबार

ताजा समाचार