Technology Khabar २८ मंसिर २०७८, मंगलवार
काठमाडौं ।
असुसले हालै भारतमा आफ्नो बजेट क्रोमबुक सार्वजनिक गरेको छ।
सीएक्स११०१ मोडल नम्बर रहेको उक्त क्रोमबुक अर्थात् ल्यापटपमा ११.६ इन्चको एन्टि ग्लेयर डिस्प्ले दिइएको छ।
यो ल्यापटपले आफ्नो रग्ड डिजाइनका लागि एमआईएल-एसटीडी ८१०एच सर्टिफिकेट दिइएको छ। यसमा डुअल कोर इन्टेल सेलेरन एन४०२० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी ईएमएमसी स्टोरेज उपलब्ध गराइएको छ।
मूल्य तथा उपलब्धता
असुसले ल्याएको यो क्रोमबुकको शुरुवाती मूल्य भारु १९, ९९९ तोकिएको छ। यसको बिक्री फ्लिपकार्टमा आगामी डिसेम्बर १५ अर्थात् बुधबारबाट शुरु हुने बताइएको छ।
तर केही दिनका लागि उक्त मूल्यमा १ हजार ९९ रुपैयाँ छुटका साथमा १८ हजार ९९० मा उपलब्ध गराइएको समाचारमा उल्लेख छ।
स्पेसिफिकेशन
यो क्रोमबुकमा ११.६ इन्चको एन्टि ग्लेयर एचडी एलसीडी डिस्प्ले दिइएको छ भने ४ जीबी एलपीडीडीआर५ र्याम तथा ६४ जीबीको ईएमएमसी आन्तरिक स्टोरेज उपलब्ध छ।
चिपसेटका हिसाबले इन्टेलको सेलेरन एन४०२० प्रोसेसर समावेश गरिएको छ।
यो डिभाइस गुगलको क्रोम अपरेटिङ सिस्टममा चल्छ भने यसलाई रग्ड डिजाइन दिइएको छ। यसबाहेक यसको स्क्रीन १८० डिग्रीसम्म घुमाउन सकिन्छ।
यसबाहेक यो क्रोमबुकमा ३ सेलयुक्त ४२ वाट आवरको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार एक पटकको चार्जमा यसलाई १३ घण्टासम्म चलाउन सकिन्छ भने ४५ वाटको यूएसबी टाइप-सी चार्जिङ सपोर्ट गर्दछ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार