ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

Technology Khabar २७ मंसिर २०७८, सोमबार

ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं ।

ग्लोबल आइएमई बैंकको लाभांश पारित भएको छ । बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने बताए।

उनले राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी पनि गराए ।

बैंकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो । हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

बैंकले हाल २८७ शाखा तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाटसेवा प्रदान गर्दै आएको छ ।

easy care

प्रकाशित: २७ मंसिर २०७८, सोमबार