Technology Khabar २४ मंसिर २०७८, शुक्रबार
काठमाडौं ।
ब्रेन इन्टरफेस टेक्नोलोजी कम्पनी न्यूरालिंकका सीईओ इलन मस्कले सन् २०२२ देखि आफ्नो कम्पनीले बनाएको ब्रेन चिप मानवमा परीक्षण शुरू गर्ने दावी गरेका छन्।
वाल स्ट्रीट जर्नलका सीईओले हालै काउन्सिल समिटका क्रममा ब्रेन चिप मानव दिमागमा राख्न परीक्षण गरिने बताएका हुन्। उनले बाँदरको दिमागमा यो चिपको परीक्षण सफल भइरहेकोले यो प्रविधि पूर्णरुपमा सुरक्षित रहेको पनि जानकारी दिए।
उनका अनुसार मानव दिमागमा परीक्षण शुरू गर्नका लागि न्यूरालिंकलाई फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को इजाजतको पर्खाइ रहेको छ।
उक्त विभागबाट मन्जुरी पाउनेबित्तिकै सबैभन्दा पहिला टेट्राप्लाजिक, क्वाड्रिप्लेजिक्स जस्ता मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेका व्यक्तिहरुलाई प्रदान गरिने उनको भनाइ छ।
न्यूरालिंकले यस प्रकारको न्यूरल इम्प्लान्टको विकास गरेको छ जसले बाहिरी कुनै हार्डवेयर बिना नै दिमागभित्र भइरहेको गतिविधिलाई वायरलेस रुपमा प्रसारण गर्न सक्छ।
न्यूरालिंकका सीईओ मस्कले आफूहरुसँग आफैं हिँडडुल गर्न वा आफ्ना हातले काम गर्न नसक्ने व्यक्तिहरुलाई सामर्थ्य प्रदान गर्नसक्ने मोका रहेको बताएका छन्।
गत ९ अप्रिलका दिन न्यूरालिंकले एउटा बाँदरमा आफ्नो ब्रेन चिप लगाएको थियो। त्यसपछि उक्त बाँदरले आफ्नो दिमागका माध्यमबाट सजिलै टेबलटेनिस खेल खेलेको थियो।
बाँदरको दिमागमा रहेको डिभाइसले खेल खेल्दै गर्दा न्यूरोन्स फायरिङका बारेमा जानकारी दिएको र यसबाट उसले खेलका क्रममा कस्तो चाल चल्ने भन्ने थाहा पाएको बताइन्छ।
यसबारेमा सीईओ मस्कले चिप लगाइएपछि पनि बाँदर सामान्य नै देखिएको र टेलिप्याथिक रूपबाट उसले भिडियो गेम पनि खेलिहेको बताए।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार