एप्पललाई दश वर्षमा पहिलो पटक आईफोन र आईप्याडको उत्पादन रोक्नुपर्ने बाध्यता

Technology Khabar २३ मंसिर २०७८, बिहीबार

एप्पललाई दश वर्षमा पहिलो पटक आईफोन र आईप्याडको उत्पादन रोक्नुपर्ने बाध्यता
NTC_Advt

काठमाडौं ।

एप्पलले चीनमा रहेका आफ्ना फ्याक्ट्रीबाट हुने आईफोन तथा आईप्याड उत्पादन थुप्रै दिनसम्म रोक्न निर्देशन दिएको छ।

निक्केइ एसियाको रिपोर्ट अनुसार उत्पादनको गति बढाउनुपर्ने बेलामा कम्पनीले यस्तो निर्णय गरेको हो।

पछिल्लो समय व्याप्त वैश्विक चिप अभाव र आपूर्ति श्रृङ्खलाको गडबडीले एप्पललाई पनि छोडेको छैन।

कम्पनीले यसअघि आईफोन १३ को उत्पादन घटाएको थियो। आफ्ना आईप्याडलगायत फ्ल्यागशिप डिभाइसहरुका लागि पार्टपुर्जा पर्याप्तताका लागि आईफोन १३ को उत्पादनमा कटाैति गरिएको थियो।

तर अहिले भने कम्पनीको एक दशकको अवधिमा चीनको गोल्डेन वीकका क्रममा पहिलोपटक आफ्ना उत्पादन बन्द गर्नुपर्ने बाध्यता आइपरेको हो।

एप्पल फ्याक्ट्रीहरुले सामान्यतया अक्टोबरबाट शुरु हुने चिनियाँ होलिडे सिजनमा बढी उत्पादन गर्दै आएका थिए। यो बेला २४ घन्टा नै काम गरेर उक्त सिजनको माग पूरा गरिन्थ्यो।

यो वर्ष भने एप्पलले यो सिजनमा आफ्ना फ्याक्ट्रीका कर्मचारीलाई बिदा दिएको छ। एक आफूर्ति श्रृङ्खला व्यवस्थापकले बताए अनुसार एकदम सीमित चिप र पार्टपुर्जा उपलब्ध भएका कारण कम्पनीले कामदारलाई ओभरटाइम गरेर भुक्तानी नगर्ने भएको छ।

यसै कारण क्रिशमसमा नयाँ आईफोन वा आईप्याड लिन इच्छुकहरुले यो सिजनमा प्राप्त गर्न नसक्ने भएका छन्।

कम्पनीका सीईओ टिम कूकले यसअघि कम्पनीले तेस्रो त्रैमासमा आपूर्ति श्रृङ्खलामा गडबडीका कारण ६ अर्ब डलर गुमाएको बताएका थिए।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार