बिएमडब्लूको दशौं लाख ‘विद्युतीकृत’ गाडीहरू उपलब्ध गराउने लक्ष्य पूरा

Technology Khabar २२ मंसिर २०७८, बुधबार

बिएमडब्लूको दशौं लाख ‘विद्युतीकृत’ गाडीहरू उपलब्ध गराउने लक्ष्य पूरा

काठमाडौं ।

बिएमडब्लूले आफ्नो १० लाख इलेक्ट्रिक भेहिकल डेलिभरी गर्ने बाचा पुरा गरेको बताएको छ। कम्पनीले हालै आफ्नो १० लाखौं विद्युतीय सवारी साधन, आईएक्स एक्सड्राइभ ४० एसयूभी (iX xDrive40 SUV) युरोपका ग्राहकलाई प्रदान गरेर त्यो लक्ष्य पूरा गरेको हो।

सन् २०२५ सम्ममा २० लाख पूर्ण विद्युतीय ईभीहरू डेलिभरी गर्दै अर्को वर्षसम्म यो संख्या दोब्बर गरी २० लाख पुर्याउने वाचा पनि गरिएको छ।

यसअघि दुई वर्ष पहिले, बिएमडब्लूले आफ्नो पाँऔँ लाख  विद्युतीकृत सवारीसाधन (इभी र हाइब्रिडहरू सहित) डेलिभर गर्दै दुई वर्षमा १० लाख इकाइहरू वितरण गर्ने योजना ल्याएको थियो।

बिएमडब्लू आई३ र आई८ इभीहरुको साथ पूर्ण इभीमा एक अग्रगामी थियो, तर पछि त्यसमा ढिलाई गर्दै आएको थियो । यसरी, यसको अधिकांश विद्युतीकृत बिक्री पूर्ण ईभीहरूको सट्टा हाइब्रिड भएको छ।

(“इलेक्ट्रिफाइड” शब्दले सामान्यतया पिएचईभी (PHEV) तथा माइल्ड हाइब्रिड र इभी दुवैलाई समेट्छ।)

रिपोर्टकाअनुसार, बिएमडब्लूले २०२१ को जनवरी र सेप्टेम्बरको बीचमा ५९,६८८ इभीहरु र १७१,८८७ प्लग-इन हाइब्रिड सवारीसाधनहरू बिक्री गरेको उल्लेख छ। २०२० मा, यसले पिएचईभी र इभी सहित १९२,६४६ प्लग-इन गाडीहरू बेचेको बताईएको छ।

यो वर्ष, कम्पनीले अमेरिकी बजारमा आई४ सेडान र आईएक्स एसयुभी पुरै इलेक्ट्रिक मोडेलहरू ल्याएको थियो, तर तिनीहरू गत महिना मात्र बिक्रीमा राखिएका थिए।

यसले २०३१ वा सो भन्दा बढी सम्म सडकमा लगभग १ करोड पूर्ण-विद्युतीय सवारी हुने योजना बनाएको छ।

easy care

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

ताजा समाचार