नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘फ्लड प्रेडिक्सन सिस्टम’ले जित्यो प्रथम पुरस्कार

Technology Khabar २० मंसिर २०७८, सोमबार

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘फ्लड प्रेडिक्सन सिस्टम’ले जित्यो प्रथम पुरस्कार
फाइल तस्बिर
NTC_Advt

काठमाडौं ।

१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको ‘नेपाल आईओटी च्यालेन्ज’ मा आइओटि सँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ ।

कार्यक्रममा अवलोकनकर्ताको भोटिङको आधारमा  ‘लुसि’ टिम प्रथम हुन सफल भएको छ । उक्त टिमले खोलामा आउने बाढीको पुर्व सूचना दिने ‘फ्लड प्रेडिक्सन सिस्टम’ निर्माण गरेको थियो ।

भोटकै आधारमा टिम ‘दी डक्टर्स फोर्टीसिक्स’ दोश्रो भएको छ। उक्त टिमले बाइक दुर्घटनाको सूचना सम्बन्धित ब्यक्तिलाई पुर्याउने ‘एक्सिडेन्ट अलर्ट भेइकल’ निर्माण गरेका हुन् ।

त्यस्तै टिम ‘म्याट्रीक्स’ तेस्रो भएको छ । औषधी पसलको सम्भावना नभएका ठाउँमा पनि सजिलै राख्ने सकिने र आपत पर्द आवस्यक औषधी निकाल्न सकिले ‘इमर्जेन्सी मेडिकल भेन्डिङ मेसिन’ ले म्याट्रीक्स टिमलाई पुरस्कार दिलाएको हो ।

बिजेताले क्रमशः पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

प्रदर्शनीमा ड्रोन, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायतका  विद्यार्थीहरुले बनाएका परियोजना राखिएको थियो। निस्शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा आयोजना गरिएको थियो ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका थिए । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको थियो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइएको पौडेलले बताए ।

प्रदर्शनीको तीन हजार जनाले अवलोकन गरेको बताइएको छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार