सेल्फी विथ डटर अभियानका विजेतालाई प्रमाणपत्र वितरण

Technology Khabar २० मंसिर २०७८, सोमबार

सेल्फी विथ डटर अभियानका विजेतालाई प्रमाणपत्र वितरण
NTC_Advt

काठमाडौं ।

महिला हिंसा अन्त्य गर्ने जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । आईतबार राष्ट्रिय नाचघर जमलमा आयोजना ‘महिला तथा बालबालिकाका लागि इन्टरनेट’ विषयक कार्यक्रममा सहभागी सरोकारवालाहरूको यस्तो बताएका हुन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै महिला हिंसाको जरो नहटाई महिला हिंसा अन्त्य नहुने बताइन् । घरभित्रै हिंसाको जरो भएकाले त्यसलाई सबैभन्दा पहिला हटाउनुपर्ने उनको भनाइ थियो ।

इन्टरनेटबाट दुनियाँ देख्न सकिने बताउँदै उनले दुरदराजमा इन्टरनेट विस्तार गर्नुपर्नेमा जोड दिइन् । ‘अहिले इन्टरनेटको प्रयोग गलत तरिकाबाट पनि भएको छ । यसलाई सही सदुपयोग गर्नुपर्छ,’ उनले भनिन् ।

नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा सो कार्यक्रमका सभापति विक्रम श्रेष्ठले आजका दिनमा एउटा इन्टरनेट शक्तिशाली टुल भएको बताएका थिए। उनले भने, ‘गास, बाँस र कपासपछि इन्टरनेटलाई लिन सकिन्छ ।’

त्यस्तै कार्यक्रमका सुनिल जाग्लानले पनि महिलामाथि भेदभाव गर्नु नहुनेमा जोड दिए ।

गत जुनमा सञ्चालन भएको सेल्फी विथ डटर अभियानमा नेपालमा पनि सफलतापूर्वक सम्पन्न भएको छ । एक महिनासम्म सञ्चालित उक्त अभियानमा १ हजार बढी सेल्फी पठाएका थिए । भारतमा शुरू भएको पिरियड चार्ट अभियान नेपालमा पनि शुरू भएको छ । उनीहरूले काभ्रेमा छोरी पञ्चायत समेत बनाएका छन् ।

कार्यक्रममा सेल्फी विथ डटर अभियानका विजेतालाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र मन्त्री उमा रेग्मीको हातबाट प्रदान गरिएको थियो । पहिलो पुरस्कार ओखलढुङ्गाकी प्रतिष्ठा लामा, दोस्रो पुरस्कार  निसुदिका राई र तेस्रो पुरस्कार श्रेया पौडेलले पाएका थिए । उनीहरूलाई क्रमशः २१ हजार, ११ हजार र  ५ हजार १ सय नगद प्रदान गरिएको थियो ।

साथै ३० उत्कृष्ट सेल्फी तथा कार्यक्रमका स्वंमसेवकलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

एक हप्ते कार्यक्रम अन्तर्गत नेपाल इन्टरनेट फाउण्डेशनले हालै रसुवाको उत्तरगयामा कम्युनिटी नेटवर्क स्थापना गरेको छ । त्यस्तै संस्थाले कानपुर, काभ्रेमा विद्यालयमा छोरी बचाऊ, छोरी पढाऊ नारासहित महिला सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यो क्षेत्रमा इन्टरनेटको पहुँच नभएको पाइएपछि नेपाल इन्टरनेट फाउण्डेशनले त्यहाँ इन्टरनेट जडान गरिदिएको थियो।

प्रकाशित: २० मंसिर २०७८, सोमबार