Technology Khabar २० मंसिर २०७८, सोमबार
काठमाडौं ।
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जाल संस्थाले प्रस्तावित धितोपत्र बजारमा प्रवेश गर्नुअघि लगानीकर्तहरुसँग १ अर्ब डलर संकलन गर्ने सम्झोता भएको दावी गरेको छ।
ट्रम्पको मिडिया एन्ड टेक्नोलोजी ग्रुपले आउँदो वर्षको शुरुवातमा ट्रुथ सोसियल नामको सामाजिक सञ्जाल सार्वजनिक गर्ने योजना बनाएको छ।
गत वर्ष ह्वाइट हाउसमा भएको दंगापछि ट्विटर तथा फेसबुकले तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएपछि उनले आफ्नै सामाजिक सञ्जाल शुरु गर्ने बताएका थिए।
‘१ अर्ब डलरले ठूला प्रविधि कम्पनीहरुलाई सेन्सरशिप तथा राजनीतिक भेदभाव अन्त्य हुनुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिन्छ’, उनले भने।
उनले आफ्नो वासलात अझ फैलिने र ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप बिस्तारै ठूला मिडिया कम्पनीहरुका तानाशाही प्रवृत्तिविरुद्ध लड्नका लागि मजबुत अवस्थामा पुग्ने पनि दावी गरे।
ट्रम्पले ट्रुथ सोसियल सार्वजनिक गर्ने योजना यसै वर्षको शुरुवातमा घोषणा गर्दै यो प्लेटफर्मले राजनीतिक आस्थाका आधारमा हुने भेदभाव रहित रुपमा सञ्चार गर्न सहयोग गर्ने बताएका थिए।
ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले यो योजनाका लागि तथाकथित विशेष उद्देश्यका लागि अन्य कम्पनीको स्वामित्व लिने स्पाक वा बल्यांक चेक कम्पनी डिजिटल वर्ल्ड अक्विजिसनसँग साझेदारी गरेको बुझिएको छ।
प्रकाशित: २० मंसिर २०७८, सोमबार