भिभो पनि अब इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा प्रवेश गर्दै, इलेक्ट्रिक बाइक र स्कुटर ल्याउने

Technology Khabar २० मंसिर २०७८, सोमबार

भिभो पनि अब इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा प्रवेश गर्दै, इलेक्ट्रिक बाइक र स्कुटर ल्याउने
NTC_Advt

काठमाडौं ।

विद्युतीय सवारी साधनको मागलाई हेरेर अब वनप्लस, रियलमी,ओपो, एप्पल र शाओमी जस्ता स्मार्टफोन निर्माताहरूले पनि इलेक्ट्रिक भेहिकल (इभी) खण्डमा प्रवेश गर्ने तयारी गरिरहेका छन्।

वास्तवमा, यी स्मार्टफोन कम्पनीहरूले भर्खरै इभी खण्डमा ट्रेडमार्कको लागि आवेदन दिएका थिए। यसैबीच, अब अर्को मोबाइल निर्माता भिभो छिट्टै ईभी सेग्मेन्टमा प्रवेश गर्न तयार रहेको खबर बाहिर आएको छ। सार्वजनिक भएको रिपोर्टलाई विश्वास गर्ने हो भने, भिभो इलेक्ट्रिक बाइक र स्कुटर चाँडै लन्च हुन सक्नेछ।

मिडिया रिपोर्टका अनुसार भिभोले यस खण्डमा ट्रेडमार्कका लागि आवेदन दिएको छ। भिभोले विद्युतीय सवारी, कार, बाइक, चालकविहीन कार, साइकल, मोपेड र रिमोट कन्ट्रोल सवारीसाधनलगायत अन्य उत्पादनहरू समावेश गरी क्लास १२ को श्रेणीमा ट्रेडमार्कका लागि आवेदन दिएको छ।

भिभोले पहिले आफ्नो इलेक्ट्रिक भेहिकलहरु चीनमा लन्च गर्नेछ र पछि यी गाडीहरु अन्य देशहरुमा देखिने बताईएको छ। यसका अलावा शाओमी, एप्पल, रियलमी र वनप्लस जस्ता टेक कम्पनीका विद्युतीय सवारीसाधन पनि आउँदैछन् ।

रिपोर्टहरूकाअनुसार भिभोको आगामी इलेक्ट्रिक स्कुटर र बाइक नवीनतम सुविधाहरूले सुसज्जित हुनेछ, जसमा स्मार्टफोन कनेक्टिभिटी, कीलेस एन्ट्री, भ्वाइस कमाण्ड र अन्य सुविधाहरू समावेश हुनेछन्।

प्रकाशित: २० मंसिर २०७८, सोमबार