Technology Khabar २० मंसिर २०७८, सोमबार
काठमाडौं ।
ह्वावेले मेट भी स्मार्टफोन आगामी डिसेम्बर २३ मा सार्वजनिक गर्न सक्ने बुझिएको छ। कम्पनीले आफ्नो फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स केही समयअघि मात्रै सार्वजनिक गरेको थियो।
त्यसै क्रममा अब भने फ्लिप डिजाइनयुक्त फोन सार्वजनिक गर्न लागेको बुझिएको छ।
पछिल्लो समय बजारमा फोल्डेबल फोनको निकै चर्चा र माग भइरहेका बेला सामसङदेखि लगायत थुप्रै कम्पनीले यस्ता फोनहरु ल्याइसकेका छन्। यो सिलसिला अझै रोकिएमो छैन।
सम्भावित ह्वावे मेट भी का केही विवरण बाहिर आएका छन्। यो एउटा फ्लिप फोल्डेबल फोन हुनेछ भने सार्वजनिक भएपछि यसलेबजारमा रहेका सामसङ ग्यालेक्सी जेड फ्लिप३ तथा जेड फोल्ड३ सँग प्रतिस्पर्धा गर्ने बताइएको छ।
ह्वावेले मेट भी मा फोन तात्ने समस्याका लागि केही समाधानका उपाय अपनाएको बुझिएको छ।
यसलाई अझै राम्रो डिजाइनमा ल्याइने र यसका लागि ह्वावेले छुट्टै पेटेन्ट पनि दर्ता गराएको बुझिएको छ।
हालै लीक भएका विवरण अनुसार यो डिभाइसको यूनिक हिट पाइप डिजाइन ह्वावेले सन् २०२० मै सार्वजनिक गरेको थियो। पेटेन्ट अनुसार यो एक फोल्डेबल स्मार्टफोन हुने र यसको लम्बाईपट्टि फैलिएको लचिलो हिट पाइप देख्न सकिन्छ। यस्तो पाइपिङ सिस्टमले तापक्रम व्यवस्थापनमा निकै सुधार गर्न सकिने बताइएको छ।
तर यी विवरण र डिजाइनबारे कम्पनीका तर्फबाट भने कुनै प्रकारको आधिकारिक जानकारी आएको छैन।
प्रकाशित: २० मंसिर २०७८, सोमबार