Technology Khabar २० मंसिर २०७८, सोमबार
काठमाडौं ।
अब प्रयोगकर्ताहरुले स्मार्टफोन प्रयोग गरेर एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सक्ने भएका छन्।
गुगलले एन्ड्रोइडबाट चल्ने स्मार्ट टिभीमा फोनबाटै एपहरु इन्स्टल गर्न मिल्ने बनाएको हो । यो अप्सन एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।
नयाँ फंगसनको साथ, गुगलले स्मार्ट टिभीमा प्ले स्टोरमा ब्राउजिङ एप्सको झन्झटलाई समाधान गर्ने प्रयास गरिरहेको छ।
यसले गर्दा प्रयोगकर्ताले स्मार्ट टिभीको प्लेस्टोरमा एपहरु खोजिरहनु पर्दैन् । यसका लागि तपाईले एउटै गुगल अकाउन्ट स्मार्टफोन र एन्ड्रोइड टिभी डिभाइसमा लग इन गरेको हुनुपर्ने छ।
यो फिचरका लागि गुगल प्ले स्टोरको इन्स्टल बटनमा ड्रप-डाउन मेनु थप्यो, जसले खातामा दर्ता भएका स्मार्ट डिभाइसहरूको सूची देखाउँछ।
एन्ड्रोइड टिभीको छेउमा रहेको चेकबक्समा थिचेर इन्स्टल बटनमा क्लिक गरेपछि एन्ड्रोइड टिभीमा एप पाउन सकिन्छ । यो फिचर गुगलले प्रयोगकर्ताका लागि उपलब्ध गराउन सुरु गरेको छ।
प्रकाशित: २० मंसिर २०७८, सोमबार