Technology Khabar १८ मंसिर २०७८, शनिबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले यस वर्षका लागि आफ्नो प्रविधिक इभेन्ट ओपो इन्नो डे २०२१ आगामी डिसेम्बर ८ तारिखका लागि तय गरेको छ।
ओपोले उक्त इभेन्टमा आफ्ना नवीन प्रविधिहरुको प्रदर्शनी तथा विभिन्न उत्पादनहरुको घोषणा र सार्वजनिक गर्दै आएको छ।
कम्पनीले एउटा प्रेस वक्तव्य जारी गर्दै उक्त इभेन्ट आगामी डिसेम्बर १४ र १५ मा चीनको शेन्जेनमा आयोजना हुने जानकारी दिएको छ। यो कार्यक्रम भर्चुअल रुपमा विश्वका लाखाैं सहभागीले अवलोकन गर्न सक्ने पनि बताइएको छ।
कम्पनीले गर्वका साथ यो भर्चुअल इभेन्ट केही वर्ष यताका अनलाइन सार्वजनिकीकरण इभेन्टहरुमध्ये सबैभन्दा अन्तरक्रियात्मक हुने पनि दावी गरेको छ।
ओपो इन्नो डे को परम्परा सन् २०१९ बाट शुरु भएको हो जसमा पहिलो पटक एआर ग्लास, फाइभजी सीपीई तथा एउटा स्मार्टवाचको घोषणा गरिएको थियो।
गत वर्ष ओपोले रोलेबल स्मार्टफोनको अवधारणा प्रस्तुत गरेको थियो भने यो वर्ष डिसेम्बर १४ मा ‘इनोभेटिभ प्रडक्ट लन्च’ तथा डिसेम्बर १५ मा ‘न्यू फ्ल्यागशिप लन्च’ गरी दुई ओटा कार्यक्रम तय भएको छ।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार