डाइमेन्सिटी ९०० चिपसेटसहित कूलप्याड कूल २० प्रो को घोषणा

Technology Khabar १७ मंसिर २०७८, शुक्रबार

डाइमेन्सिटी ९०० चिपसेटसहित कूलप्याड कूल २० प्रो को घोषणा
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी कूलप्याडले चिनियाँ बजारका लागि कूल २० प्रो नामक नयाँ स्मार्टफोनको घोषणा गरेको छ।

यो सेटमा मिडियाटेकको डाइमेन्सिटी ९०० चिपसेट रहने र यसको डिस्प्ले १२० हर्ज रिफ्रेश रेटसहितको एलसीडी प्यानल रहने बताइएको छ।

यसबाहेक यो सेटको डिस्प्ले साइज ६.५८ इन्चको फुल एचडी+ रहने बताइएको छ। कूलप्याडले सेल्फीका लागि भने कूल २० प्रो मा ८ मेगापिक्सेलको वाटरड्रप नच क्यामरा उपलब्ध गराउने निर्णय गरेको छ।

यसमा पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ। ब्याट्री क्षमताका हिसाबले यसमा ४५०० एमएएचको ब्याट्री रहने र यसले ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने बुझिएको छ।

जानकारी अनुसार कूल २० प्रो मा एन्ड्रोइड ११ का साथै कूलप्याडको आफ्नै कूल ओएस २.० इन्टरफेस समावश हुनेछ। यो सेट ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज तथा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज गरी दुई भेरियन्टमा आउने बताइएको छ।

यसको मूल्य २८० डलर हाराहारी पर्ने र सुनोलो, कालो, सेतो र नीलो गरी चार रंगमा उपलब्ध हुने पनि बताइएको छ।

Sajilo Visa

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार