जेडटीईले स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त तीन ओटा फ्ल्यागशिप फोन ल्याउने

Technology Khabar १३ मंसिर २०७८, सोमबार

जेडटीईले स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त तीन ओटा फ्ल्यागशिप फोन ल्याउने
NTC_Advt

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले स्न्यापड्रागन ८७० चिपसेटयुक्त तीन ओटा फ्ल्यागशिप स्मार्टफोन ल्याउने भएको छ।

हालै बाहिरिएको एउटा लीक अनुसार चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले स्न्यापड्रागनको अत्याधुनिक ८ जेन१ चिपसेट राखेर आफ्ना नयाँ फ्ल्यागशिप फोनहरु ल्याउन लागेको हो।

क्वालकमको यो फ्ल्यागशिप चिपले जेडटीईको आउँदै गरेका गेमिङ फोनहरुमा प्रयोग गर्नेछ। यी फोनहरुमा नुबिया रेड म्याजिक ७ तथा रेड म्याजिक ७ प्रो रहनेछन्। यी फोनहरुको मोडल एनएक्स६७९जे तथा एनएक्स७०९जे रहने अपेक्षा गरिएको छ।

यसका बारेमा जानकारी लीक गर्ने स्रोतका अनुसार मूलधारको फ्ल्यागशिप नुबिया जेड४० पनि ८जेन १ चिपसेट प्रयोग हुने सूचीमा परेको छ। यस हिसाबले तत्काल आउने तीन ओटा फ्ल्यागशिप फोनमा यो चिपसेट प्रयोग हुने भएको छ।

हाल विद्यमान नुबिया जेड३० प्रो गत मे महिनामा घोषणा भएको थियो। यसै हिसाबले एनएक्स७०१जे मोडल नम्बरको जेड४० स्मार्टफोन छिट्टै आउने आकलन गर्न सकिन्छ।

यसबाहेक एनएक्स९०जे७ मोडल नम्बरको एम२ प्ले स्मार्टफोनका बारेमा पनि जानकरी लीक भएको छ तर यसमा ८जेन १ चिपसेट भने समावेश हुने छैन।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार