कारोबारमा कडाईका बावजूद क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनस्टोर भारतमा प्रवेश

Technology Khabar १३ मंसिर २०७८, सोमबार

कारोबारमा कडाईका बावजूद क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनस्टोर भारतमा प्रवेश
NTC_Advt

काठमाडौं ।

सिंगापुरमा मुख्यालय रहेको क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनस्टोरले भारतमा सेवा शुरु गरेको छ।

भारतमा सरकारले भने कानून नै बनाएर अधिकांश क्रिप्टोकरेन्सीहरुलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

क्वाइनस्टोरले आफ्नो वेब तथा एप प्लेटफर्म सार्वजनिक गरेको छ भने भारतको बेंगलोर, नयाँ दिल्ली तथा मुम्बइमा शाखा विस्तार गर्ने भएको छ। क्वाइनस्टोर व्यवस्थापनका अनुसार यी शाखाहरुले भारतका अन्य ठाउँमा सेवा विस्तार गर्न केन्द्रको भूमिका निर्वाह गर्नेछन्।

‘हाम्रा समग्र एक्टिभ यूजरको एक चोथाइ भारतबाट रहेकाले हामीले भारतमा सेवा विस्तार गर्नु वाञ्छनीय देखियो’, क्वाइनस्टोरका बजार प्रमुख चार्ल्स टानले रोयटर्सलाई बताए।

‘हाम्रा समग्र एक्टिभ यूजरको एक चाैथाइ भारतबाट रहेकाले हामीले भारतमा सेवा विस्तार गर्नु वाञ्छनीय देखियो’, क्वाइनस्टोरका बजार प्रमुख चार्ल्स टानले रोयटर्सलाई बताए।

उनले भारतमा क्रिप्टोकरेन्सीबारेका नीतिहरुमा उतार चढाव आए पनि एक समयमा सबै ठिक हुने र भारत सरकारले क्रिप्टोकरेन्सीका बारेमा स्वस्थ रुपरेखा तयार पार्नेमा आफूहरु आशावादी रहेको बताए।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार