जब पोकोको बजेट स्मार्टफोन पोको एम ३ अचानक पड्कियो…

Technology Khabar १२ मंसिर २०७८, आईतवार

जब पोकोको बजेट स्मार्टफोन पोको एम ३ अचानक पड्कियो…
NTC_Advt

काठमाडौं ।

स्मार्टफोन ब्लास्टका घटनाहरूको समाचार आइरहन्छन् केही समय पहिले शाओमी एमआई ११ लाइट फोरजी स्मार्टफोन विस्फोटको खबर आएको थियो र अब शाओमीको सब ब्राण्ड पोकोको बजेट स्मार्टफोन पोको एम ३ पड्किएको समाचार आएको छ।

यो घट्ना हालै छिमेकी देश भारतमा भएको हो। भारतमा पोको स्मार्टफोन विस्फोट भएको यो पहिलो पटक होइन, पोको एम३ भन्दा पहिले पोको एक्स३ प्रो पनि चार्ज गर्ने क्रममा विस्फोट भएको खबर आएको थियो।

भारतीय मिडियाहरुकाअनुसार हालै एक ट्वीटर प्रयोगकर्ता जो पीडितका भाइ (@Mahesh08716488) ले ट्वीट गरेर यसबारे जानकारी दिएका छन् र लेखेका छन् माई ब्रदर पोको एम३ मोबाइल विस्फोट भएको छ।

ट्विटले कुन फोन विस्फोट भयो भन्ने मात्र जानकारी दिएको छैन, ट्विटसँग पोको एम ३ को तस्विर पनि सेयर गरिएको छ, जसमा फोन जलेको देखिन्छ ।

यो ट्विट हिजो मात्र पोस्ट गरिएको हो अर्थात् पोको एम ३ ब्लास्ट २७ नोभेम्बरको बिहान भएको थियो । यद्यपी, ट्विट मार्फत यस घटनाको जानकारी दिने पीडितका भाइ (जसको फोन जलेको छ) ले पोको मोबाइलमा आगलागी हुनुको कारण के हो भन्ने खुलाएका छैनन् तर फोन शर्ट भएर पड्किएको अनुमान गरिएको छ।

जसको फोन ब्लास्ट भएको छ ती प्रयोगकर्ताहरूलाई क्षति पुगेको छ वा छैन भन्ने बारे जानकारी दिइएको छैन। पोको एम ३ मोबाइल ब्लास्ट पछिको तस्बिरमा फोनको पछाडिको प्यानल पूर्णरुपमा जलेको देख्न सकिन्छ र फोन हेर्दा फोन मर्मत गर्न सकिने अवस्थामा नभएको प्रष्ट हुन्छ।

जब पीडित प्रयोगकर्ताका भाइले पोको एम३ ब्लास्टको बारेमा ट्वीट गरे, त्यसपछि एक्शन मोडमा आएको पोको इन्डिया सपोर्ट टोलीले पनि ट्विटको जवाफ दिएको छ। कम्पनीले ट्वीटमा भनेको छ महेश तपाई आफ्नो पोको डिभाइस विस्फोटको समस्याको सामना गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा हामी दुःखी छौं।

कम्पनीले प्रयोगकर्तालाई यो समस्यामा उत्कृष्ट समाधान दिने आश्वासन दिएको छ।

प्रकाशित: १२ मंसिर २०७८, आईतवार