एप्पलको ग्लोबल ब्याट्री विकास प्रमुख फक्सवागनमा गए

Technology Khabar १२ मंसिर २०७८, आईतवार

एप्पलको ग्लोबल ब्याट्री विकास प्रमुख फक्सवागनमा गए
NTC_Advt

काठमाडौं ।

एप्पलको ग्लोबल ब्याट्री विकास प्रमुख, आहन सुन्हो फक्सवागनमा सरेका छन् । उनको लिंक्डइन प्रोफाइल अनुसार, अटोमेकरको इलेक्ट्रिक भेहिकल ब्याट्री विकासको नेतृत्व गर्नको लागी सो कम्पनीमा गएका हुन्।

हालैका महिनाहरूमा एप्पल कार्यकारीले अटोमेकरका लागि कम्पनी छोडेको यो दोस्रो पटक हो। एप्पलले सेप्टेम्बरमा फोर्ड मोटरका साथ कार परियोजनाको प्रमुख डग फिल्डलाई गुमाएको थियो।

आहन यस महिना फक्सवागन समूह कम्पोनेन्ट्सको ब्याट्री डिभिजनमा प्रमुख टेक्नोलोजी अधिकारी बनेको रोयटर्सले उल्लेख गरेको छ।

२०१८ मा, एप्पलले सामसुङ एसडीआईको अर्को पुस्ताको ब्याट्री डिभिजनका पूर्व कार्यकारी आह्नलाई काममा राखेको थियो। एप्पलले आफ्नो मोबाइल फोन र ल्यापटपमा मात्र नभई विकास भइरहेको विद्युतीय सवारी साधनमा ब्याट्री प्रयोग गर्छ।

एप्पलले सन् २०२४ सम्ममा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने बताईएको छ। तर कम्पनीले यस बारेमा केहि भनेको छैन्।

फक्सवागनले युरोपमा ६ वटा प्लान्टहरु स्थापना गर्ने लक्ष्य राखेको छ भने कम्पनी पछिल्लो दिनमा आक्रामकरुपमा इलेक्ट्रिक भेहिकलमा केन्द्रित भएको छ। जहाँ कम्पनीले टेस्लालाई बजारमा जित्ने भिजन लिएको छ।

प्रकाशित: १२ मंसिर २०७८, आईतवार