एप्पल र गुगललाई इटालीमा १ करोड १३ लाख अमेरिकी डलर जरिवाना

Technology Khabar १२ मंसिर २०७८, आईतवार

एप्पल र गुगललाई इटालीमा १ करोड १३ लाख अमेरिकी डलर जरिवाना

काठमाडौं ।

इटली कम्पिटिसन अथोरिटीले एप्पल र गुगल दुवैलाई करिब १ करोड १३ लाख अमेरिकी डलर जरिवाना गरेको छ। जरिवानाको कारण यी दुई ठूला टेक कम्पनीहरूले आफ्ना ग्राहकको व्यक्तिगत डाटा चोरी गर्नु रहेको बताएको छ ।

यी कम्पनीहरूले ग्राहकको व्यक्तिगत डाटालाई उनीहरूको अनुमति बिना व्यावसायिक लाभका लागि प्रयोग गरिरहेको बताइएको छ। इटालीको प्रतिस्पर्धा प्राधिकरणले यसलाई उपभोक्ता संहिताको उल्लङ्घन भएको ठहर गरेको छ।

गुगलले आफ्नो आर्थिक गतिविधिलाई इन्टरनेट-सम्बन्धित उत्पादन र सेवाहरूको टर्म एण्ड कण्डीशन को ठूलो सूची प्रदान गर्दछ। यसमा अनलाइन विज्ञापन, सर्च टूल, क्लाउड कम्प्युटिङ, सफ्टवेयर र हार्डवेयरका लागि प्रविधिहरू समावेश छन्।

प्रतिस्पर्धा प्राधिकरणका अनुसार एप्पलले आफ्ना उपकरण र सेवाहरूमार्फत प्रयोगकर्ताहरूको प्रोफाइल डाटा प्रयोग गर्छ। यसले तेस्रो पक्षलाई डाटा स्थानान्तरण नगरी उत्पादनको बिक्रीलाई बढावा दिएर तेस्रो पक्षीय एप स्टोर, आइट्यून्स र एप्पल बुक्समार्फत आर्थिक मूल्यको प्रत्यक्ष शोषण गर्न अनुमति दिन्छ।

यसअघि एप्पललाई बजार प्रतिस्पर्धा विरोधी कार्य गरेकोमा पनि जरिवाना गरिएको थियो । जहाँ अमेजन र एप्पल दुबैलाई संयुक्तरुपमा २० करोड यूरो जरिवाना तिराउने निर्णय भएको थियो ।

इटालीको सो संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको थियो।

easy care

प्रकाशित: १२ मंसिर २०७८, आईतवार