बाइडु र पोनी डट एआईलाई बेइजिङमा रोबोट्याक्सी सञ्चालनको अनुमति

Technology Khabar ९ मंसिर २०७८, बिहीबार

बाइडु र पोनी डट एआईलाई बेइजिङमा रोबोट्याक्सी सञ्चालनको अनुमति

काठमाडौं ।

चिनियाँ प्रविधि समूह बाइडु इंक तथा सेल्फ ड्राइभिङ स्टार्ट अप पोनी डट एआईले बेइजिङमा सशुल्क चालकरहित रोबोट्याक्सी सञ्चालनको अनुमति पाएका छन्।

यी कम्पनीले चीनको राजधानी बेइजिङको एउटा क्षेत्रमा बढीमा १०० ओटा रोबोट्याक्सीहरु सञ्चालन गर्न पाउनेछन्।

राज्यद्वारा समर्थित बेइजिङ दैनिकका अनुसार बेइजिङ इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनद्वारा आयोजित समारोहका क्रममा यस्तो निर्णय गरिएको हो।

बाइडुले एउटा विज्ञप्तिमा उक्त इजाजतपछि एपोलो गो सर्भिसको खुला सडकमा पहिलो व्यावसायिक परिचालन हुने बताएको छ।

उपभोक्ताले व्यावसायिक तथा बस्तीनजिकका ६०० भन्दा बढी पिक अप तथा ड्रप अफ स्थानबाट ६७ ओटा कारहरुमार्फत् सेवा लिन सक्ने बताइएको छ।

यसको भाडा चीनमा चलेको प्रिमियम राइड हेलिङ सेवा बराबरकै हुने बाइडुका प्रवक्ताले जानकारी दिए।

टोयोटा मोटोकर्पद्वारा समर्थित पोनी डट एआईले पनि बेइजिङबाट आफ्नो शियाओमा झिशिङ सेवा शुरु गर्न अनुमति पाएको वेबोमा पोस्ट गरेको छ।

easy care

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

ताजा समाचार