चिप उत्पादनका लागि पूर्वी यूरोपेली राष्ट्रहरुसँग साझेदारी गर्दै ताइवान

Technology Khabar ९ मंसिर २०७८, बिहीबार

चिप उत्पादनका लागि पूर्वी यूरोपेली राष्ट्रहरुसँग साझेदारी गर्दै ताइवान
सांकेतिक तस्बिर

काठमाडौं ।

ताइवानले सेमिकन्डक्टर चिप उत्पादनका  लागि तीन ओटा पूर्वी यूरोपेली देशहरुसँग सहकार्य गर्ने भएको छ।

ताइवानका एक मन्त्रीले बिहीबार यस्तो जानकारी दिएका हुन्। यो निर्णय आउनुमा ठूलो परिमाणमा सेमिकन्डक्टर चिप निर्माणका लागि ताइवानी निर्माताहरुको समहति लिन तत्पर ब्रसेल्सलाई लक्षित गरिएको बुझिएको छ।

टेक पावरहाउसका रुपमा रहेको ताइवान टीएसएमसीलगायतका बृहत चिप निर्माता कम्पनीहरु रहेको देश हो।

टीएसएमसीले अमेरिकाको एरिजोनामा १२ अर्ब डलर बराबरको चिप फ्याब्रिकेशन प्लान्ट बनाइरहेको बेला ईयूले लगानी गर्न इच्छा देखाउँदा पनि यूरोपमा भने प्लान्ट लगाउने बारे केही संकेत देखाएको छैन।

ताइवानको राष्ट्रिय विकास परिषदका प्रमुख कुङ मिङ-सिनले हालै आफ्नो स्लोभाकिया, चेक रिपब्लिक तथा लिथुआनिया भ्रमणका क्रममा पत्रकारहरुलाई यी तीन ओटै देशले चिप निर्माणका लागि ताइवानसँग सहकार्य गर्न रुची देखाएको बताएका थिए।

easy care

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार