सिटिजन्स बैंकको मोबाइल एपबाटै सीआरएन र डिम्याट नम्बर हेर्न सकिने

Technology Khabar ८ मंसिर २०७८, बुधबार

सिटिजन्स बैंकको मोबाइल एपबाटै सीआरएन र डिम्याट नम्बर हेर्न सकिने

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ।

बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो । यो सेवा सुरु भएसँगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले जनाएको छ।

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।

यससँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न बैंकले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

ताजा समाचार