पर्सनल कम्प्युटरको माग बढेसँगै डेलद्वारा आम्दानी वृद्धिको प्रक्षेपण

Technology Khabar ८ मंसिर २०७८, बुधबार

पर्सनल कम्प्युटरको माग बढेसँगै डेलद्वारा आम्दानी वृद्धिको प्रक्षेपण
सांकेतिक
NTC_Advt

ल्यापटप निर्माता कम्पनी डेल टेक्नोलोजिजले मंगलबार चालु त्रैमासको अनुमानित आम्दानी प्रक्षेपण गरेको छ।

उक्त प्रक्षेपणमा कम्पनीले विश्वभरका हाइब्रिड मोडलमा जान लागेका कम्पनीहरुमा आफ्ना पर्सनल कम्प्युटर तथा सर्भरहरुको माग उच्च रहेको कुरालाई बढी जोड दिएको थियो।

कम्पनीले यसै हिसाबले काम गर्दै जाने हो भने चोथो त्रैमासमा २७ देखि २८ अर्ब डलरको आम्दानी गर्ने अनुमान गरेको छ। यो आँकडा विश्लेषकहरुले प्रक्षेपण गरेको २६.२३ अर्ब डलरभन्दा बढी भएको रिफिनिटिभ आईबीईएसले जनाएको छ।

डेलको हार्डवेयर डिभाइसहरुको मुख्य काम हुने क्लाइन्ट सोलुशन व्यवसायको आम्दानी यो त्रैमासमा ३५ प्रतिशतले वृद्धि भएको कम्पनीको दावी छ।

यसो हुनुमा विश्वभरका थुप्रै कम्पनीहरुले वर्क फ्रम होमो चुनाैतीका बीच कम्प्युटर सिस्टम अपग्रेड गरेकाले यस्ता डिभाइसको माग मनग्य रुपमा बढ्नु रहेको बताइएको छ।

डेलले आफ्ना सफ्टवेयर तथा हार्डवेयर व्यवसायमार्फत् आम्दानी गर्दै आएको र कोभिड महामारी शुरु भएयता भने एज कम्प्युटिङ, क्लाउड तथा दूरसञ्चारजस्ता उच्च-वृद्धि बजारतिर अग्रसर हुँदै आएकोले पनि आम्दानीमा बढोत्तरी भएको आकलन गर्न सकिन्छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार