ओपोले नयाँ के९एक्स स्मार्टफोन ल्याउँदै, डिसेम्बर १२ मा सार्वजनिक हुने

Technology Khabar ८ मंसिर २०७८, बुधबार

ओपोले नयाँ के९एक्स स्मार्टफोन ल्याउँदै, डिसेम्बर १२ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले के९एक्स नामको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।

गत हप्ता टीनामा देखा परेको यो स्मार्टफोनलाई ओपो के९एक्स भनिने चीनका एक लिक्स्टरले खुलासा गरेका छन्।

यो फोन झट्ट हेर्दा बाहिरबाट रियलमीको क्यू३ जस्तै देखिने तर भित्र भने यो पूर्णरुपमा फरक डिभाइस रहेको र यसमा डाइमेन्सिटी ९०० चिपसेट रहने बताइएको छ।

उक्त नयाँ फोन आगामी डिसेम्बर १२ मा तीन ओटा फरक मेमोरी अप्शन तथा सुपथ मूल्यमा उपलब्ध हुने बुझिएको छ।

यसका अधिकांश स्पेसिफिकेशन टीनामा यस अघि आएका बराबर नै रहेको पाइएको छ। विवरण अनुसार यसमा ६.५ इन्चको फुल एचडी+ एलसीडी डिस्प्लेका साथमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा उपलब्ध हुनेछ।

उक्त लिकस्टरले मोबाइलको डिस्प्ले १२० हर्ज रिफ्रेश रेटको हुने र सेल्फी क्यामराको सेन्सर सोनीको आईएमएक्स४७१ रहने बताएका छन्।

यसको पछाडि ६४ मेगापिक्सेलको मुख्य क्यामरा रहने तथा पावरका लागि ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

Global Bank
easy care

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

ताजा समाचार