एनसेलको शर्ट कोड फेरियो, अब सबै पाँच अंकका

Technology Khabar ८ मंसिर २०७८, बुधबार

एनसेलको शर्ट कोड फेरियो, अब सबै पाँच अंकका

काठमाडौं ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाका शर्ट कोडहरु परिवर्तन भएका छन्।

सोमबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले विभिन्न निर्णयहरु गर्ने क्रममा एनसेलका हाल विद्यमान शर्टकोडहरु परिवर्तन गरी नयाँ कायम गर्ने आधिकारिक निर्णय गरेको हो।

उक्त निर्णयअनुसार एनसेलका हाल विद्यमान ३ र ४ अंकका सबै शर्टकोडहरुलाई परिवर्तन गरेर ५ अंकको बनाइएको छ।

यस्ता शर्टकोडहरु दूरुसञ्चार सेवा प्रदायकहरुले ग्राहकको सहजताका लागि आफ्ना विभिन्न सेवा तथा सुविधा प्राप्त गर्नका लागि डायल गर्न वा एसएमएस गर्नका लागि छुट्याएका हुन्छन्।

यस्तो छ पुरानो शर्ट कोड र त्यसको परिवर्तित स्वरुप:

क्र.सं. विद्यमान शर्ट कोड नयाँ शर्ट कोड प्रयोगको उद्देश्य
९०० १७२०१ सेल्फ केयर तथा कस्टमर सर्भिस
 २ ९००५ १७२०२ सेल्फ केयर तथा कस्टमर सर्भिस
९००७ १७२०३ पोस्टपेड ग्राहकका लागि सेल्फ केयर तथा कस्टमर सर्भिस
९००८ १७२०४ वायरफ्री/होमनेट सेवाका ग्राहकका लागि सेल्फ केयर तथा कस्टमर सर्भिस
९५९५ १७२०५ इन्टरनेट सेटिङका लागि आग्रह गर्ने
९००६ १७२०६ खुद्रा व्यापारीले सब्स्क्राइबरको नाम हेर्नका लागि
९९६६ १७२०७ सबै उपभोक्ताले आफूले प्रयोग गरेको सिम कसको नाममा छ भनेर हेर्नका लागि
९८९१ १७२०८ खुद्रा व्यापारीले सब्सक्राइबरको नाम प्रमाणित गराउनका लागि
७८९९ १७२०९ कस्टमर सर्भिससँग कुरा गरेपछि जानकारी शेयर गर्नका लागि
१० ९८९३ १७२१० सर्वेक्षको रुपमा उपभोक्ताको विचार संकलनका लागि
११ ७७२४ ३११२४ उपभोक्ताले डिजिटल भ्यालु एडेड सर्भिस हटाउनका लागि
easy care

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

ताजा समाचार