एप्पलद्वारा एनएसओ ग्रुपविरुद्ध मुद्दा दायर, अमेरिकी जनतालाई लक्षित गरेको आरोप

Technology Khabar ८ मंसिर २०७८, बुधबार

एप्पलद्वारा एनएसओ ग्रुपविरुद्ध मुद्दा दायर, अमेरिकी जनतालाई लक्षित गरेको आरोप

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले इजरायली साइबर संस्था एनएसओ ग्रुपविरुद्ध मुद्दा दर्ता गरेको छ।

कम्पनीले मंगलबार एनएसओ ग्रुप तथा यसको मूल कम्पनी ओएसवाई टेक्नोलोजिजमाथि पेगासस सफ्टवेयरका माध्यमबाट अमेरिकी नागरिकहरुलाई लक्षित गरेर अनधिकृत रुपमा  निगरानीका गतिविधि गरेकाले मुद्दा दायर गरेको जानकारी दिएको हो।

एप्पलले एनएसओ ग्रुपलाई कुनै पनि एप्पलका सफ्टवेयर, सेवा तथा डिभाइस प्रयोग गर्नबाट रोक लगाउने पनि बताएको छ।

एनएसओको लक्ष्यमा थुप्रै कम्पनी र सरकारहरुपछि हालै एप्पल पर्न आएको रोयटर्सले जनाएको छ। पेगासस नामक ह्याकिङ टूलको निर्माता एनएसओ ग्रुपले पछिल्लो समय मानव अधिकारकर्मी तथा पत्रकारहरुलाई समेत लक्षित गरेको जनाएको छ।

यसै महिनाको शुरुवातमा अमेरिकी अधिकारीहरुले एनएसओएलाई व्यापार गर्नबाट रोक्ने कालोसूची अर्थात् ट्रेड ब्ल्याकलिस्टमा सूचीकृत गरेका थिए।  एनएसओमाथि माइक्रोसफ्ट, मेट प्लेटफर्म इंक, अल्फाबेट इंक तथा सिस्को सिस्टम्स इंकले समेत कानूनी कारबाहीको माग गरेका छन्।

एनएसओमाथि अवैध रुपमा यी कम्पनीहरुका उत्पादनको सुरक्षा संयन्त्रमा पहुँच गरेर ह्याक गरी तिनीहरुलाई विदेशीहरुलाई बेच्ने गरेको आरोप लाग्दै आएको छ।

सम्बन्धित समाचार

विवादित स्पाइवेयर ‘पेगासस’ बनाउने इजरायली कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

पेगासस स्पाइवेयर किन्न मेक्सिको सरकारले ३० करोड डलर खर्च गरेको खुलासा

पेगासस स्पाइवेयरमार्फत स्मार्टफोन ह्याक गर्ने एनएसओसँग सम्बन्धित क्लाउड एकाउन्ट अमेजनद्धारा बन्द

easy care

प्रकाशित: ८ मंसिर २०७८, बुधबार