स्पोटीफाइद्वारा नेटफ्लिक्स साउन्डट्र्याक, प्लेलिस्ट र पडकास्टका लागि हब सार्वजनिक

Technology Khabar ८ मंसिर २०७८, बुधबार

स्पोटीफाइद्वारा नेटफ्लिक्स साउन्डट्र्याक, प्लेलिस्ट र पडकास्टका लागि हब सार्वजनिक
NTC_Advt

स्पोटीफाइले नेटफ्लिक्स हब नामक फिचर सार्वजनिक गरेको छ।

नेटफ्लिक्स हबले साउन्डट्र्याक, प्लेलिस्ट तथा पडकास्टहरु जस्ता स्ट्रिमिङ सेवाहरुलाई एकै थलोमा उपलब्ध गराउँछ। नेटफ्लिक्सका थुप्रै साउन्डट्र्याकहरु पहिले नै स्पोटीफाइमा उपलब्ध भए पनि यो नयाँ फिचरले सबै सम्बन्धित सेवाहरुलाई एकै थलोमा ल्याउने भएको हो।

स्पोटीफाइले यस्तो फिचर यसअघि डिज्नीका लागि पनि उपलब्ध गराइसकेको छ।

यसले हबमा उपलब्ध गराउने सेवामा ला कासा डे पापेल, नार्कोस: मेक्सिको, आउटर ब्याङ्क्स, स्कविड गेम, टिक टिक बूम तथा काउब्वाइ बेबोपजस्ता श्रृङ्खला र चलचित्रहरुका साउन्डट्र्याकहरु रहनेछन्।

यस्तै नेटफ्लिक्सका ओके, नाउ लिसन, नेटफ्लिक्स इज अ डेली जोक, १०/१० वुड रेकमेन्ड तथा द क्राउन: द अफिसियल पडकास्टजस्ता सामाग्री पनि उपलब्ध हुनेछन्।

स्पोटीफाइले हबका लागि केही विशेष सामग्रीहरु पनि सार्वजनिक गरेको छ। यसकम द हार्डर दे फल चलचित्रको एल्बम तथा ला कासा डे पापेलका लागि नयाँ कन्टेन्ट डेस्टिनेशन आदि पर्दछन्।

यसबाहेक स्टार वार्स तथा टोय स्टोरी ४ का साउन्डट्र्याक पनि उपलब्ध यसमा नेटफ्लिक्सले छिट्टै सह संस्थापक डेनियल एक तथा मार्ट न लोरेन्टज तथा गैर आख्यान पुस्तक स्पोटीफाइ अनटोल्डमा आधारित स्पोटीफाइ नाटक पनि सार्वजनिक गर्ने भएको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार