रेडिटले छोटो भिडियो सेयर गर्ने टिकटकजस्तो प्लेटफर्म ‘डबस्माश’ बन्द गर्ने

Technology Khabar ८ मंसिर २०७८, बुधबार

रेडिटले छोटो भिडियो सेयर गर्ने टिकटकजस्तो प्लेटफर्म ‘डबस्माश’ बन्द गर्ने
NTC_Advt

रेडिटले यसको टिकटक जस्तो प्लेटफर्म डबस्माश (Dubsmash) बन्द गर्ने भएको सामाजिक सञ्जालले मंगलबार जानकारी दिएको छ। कम्पनीले यसको भिडियो निर्माण टूलहरूलाई बलियो बनाउन एक वर्ष अगाडी डबस्माशलाई किनेको थियो।

“स्ट्यान्डअलोन डबस्माश एप फेब्रुअरी २२ पछि डाउनलोडको लागि उपलब्ध हुनेछैन,” रेडिटले भन्यो। यसका साथै यसले भिडियो टूलहरूको भागको रूपमा नयाँ क्यामरा र सम्पादन सुविधाहरू रोल आउट गरेको रोयटर्सले उल्लेख गरेको छ।

छोटो प्रकारका भिडियोहरूको साथ टिकटकको ठूलो सफलताले अन्य सामाजिक सञ्जालहरूलाई उनीहरूको प्लेटफर्ममा त्यस्तै फर्म्याट समावेश गर्न प्रेरित गरेको छ। जसमा स्न्याप इंकले स्पटलाइट रोल आउट गरेको थियो भने फेसबुक अर्थात हाल मेटा प्लेटफर्मले इन्स्टाग्राम रिल्स सुरू गर्दैछ र अल्फाबेटको युट्युबले शर्टस लन्च गरिरहेको छ।

“डबस्माश टोलीले रेडिटको भिडियोलाई गति दिइरहेको छ, त्यसैले डबम्यासर्सलाई रेडिटको भागहरू परिचित महसुस हुनेछ,” कम्पनीले एक ब्लगपोस्टमा भन्यो।

डबस्माशको अधिग्रहणपछि, रेडिटले हेरिएको समग्र घण्टामा ७० प्रतिशतले वृद्धि भएको बताएको छ, जबकि दैनिक सक्रिय भिडियो दर्शकहरूको संख्या एक तिहाइ भन्दा बढि बढेको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार