१७ अर्बको चिप प्लान्टका लागि ठाउँको निर्णय भइसकेको छैन: सामसङ

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
१७ अर्बको चिप प्लान्टका लागि ठाउँको निर्णय भइसकेको छैन: सामसङ

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सले मंगलबार आफूले १७ अर्ब डलर बराबरको चिप निर्माण गर्ने फ्याक्ट्रीका लागि ठाउँको चयन गरिनसकेको बताएको छ।

कम्पनीले यो प्रस्टोक्ति वाल स्ट्रीट जर्नलले हालै सामसङले टेक्ससको टेलर क्षेत्रमा १७ अर्ब डलर बराबरको चिप निर्माण गर्ने फ्याक्ट्री बनाउने समाचार छापेपछि त्यसको खण्डनका रुपमा दिएको हो।

वाल स्ट्रीट जर्नलले टेक्ससका गभर्नर ग्रेग एबटले मंगलबार साँझ ५ बजे एउटा आर्थिक घोषणा गर्ने पनि उल्लेख गरेको थियो।

यसअघि टेक्ससको टेलर शहरनजिक रहेको विलियम्सन काउन्टीमा रहको एउटा क्षेत्रमा सामसङले खोजेजस्तै जमीन भेटिएको केही स्रोतले बताएको  रोयटर्सले जनाएको छ।

विश्वकै सबैभन्दा ठूलो चिप निर्माताका रुपमा रहेको सामसङले न्यूयोर्क तथा एरिजोनामा पनि फ्याक्ट्रीका लागि ठाउँ हेरिरहेको बताएको छ।

अब बन्ने नयाँ प्लान्टमा मोबाइल फोन तथा स्वायत्त सवारीमा प्रयोग हुने अत्याधुनिक लजिक चिप बन्ने कम्पनीले जानकारी दिएको छ। हाल विश्वकै अटो उद्योगले सेमिकन्डक्टर चिपको अभाव झेलिरहेको छ।

उक्त फ्याक्ट्री टेक्ससमा बनेमा सामसङको दोस्रो हुनेछ किनकि कम्पनीले यसअघि अस्टिनमा एउटा चिप फ्याक्ट्री चलाउँदै आएको छ।

यसबाट सामसङले अमेरिकामा कन्ट्र्याक्ट चिप निर्माणका क्षेत्रमा प्रतिस्पर्धीहरु टीएसएमसी तथा इन्टेलको बाटोझ लिन खोजेको प्रस्ट हुन्छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • ८ मंसिर २०७८, बुधबार