रेडमी के५० सिरिजमा क्वालकम र मिडियाटेकका ४ फरक प्रोसेसर प्रयोग हुने

Technology Khabar ८ मंसिर २०७८, बुधबार

रेडमी के५० सिरिजमा क्वालकम र मिडियाटेकका ४ फरक प्रोसेसर प्रयोग हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीको आउँदै गरेको रेडमी के५० सिरिजको स्मार्टफोनमा क्वालकम र मिडियाटेकका गरी ४ ओटा फरक फरक प्रोसेसर प्रयोग हुने बताइएको छ।

यी चार ओटै प्रोसेसर। क्वालकम र मिडियाटेकद्वारा निर्मित हाइ-इन्ड चिपसेटहरु हुनेछन्।

यसअघि आएको रेडमी के४० सिरिजमा तीन ओटा फरक फरक चिपसेट प्रयोग भएकामा यसमा भने चार ओटा चिपसेट प्रयोग गरिन लागेको हो।

चर्चित टिपस्टर पान्डाइजभेरिबाल्डले वेबोमा रेडमी के५० सिरिजमा चिपसेटका पूरै रेन्ज प्रयोग हुने र तिनीहरुमा स्न्यापड्रागन ८७०, स्न्यापड्रागन ८७० ८ जेन१, डाइमेन्सिटी ७००० तथा डाइमेन्सिटी ९००० रहेका भन्दै पोस्ट गरेका थिए।

यसबाहेक रेडमी के५० सिरिजमा रेडमी के५०, रेडमी के५० गेम एडिशन, रेडमी के५० प्रो तथा रेडमी के५० प्रो+ रहने बुझिएको छ।

तर रेडमी के५० लाई भारतमा एमआई १२एक्स तथा विश्वका अन्य बजारमा भने पोको एफ४का नामले बिक्री गरिने बताइएको छ।

easy care

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार