पोकेमन गो निर्माता नियान्टिकको मूल्यांकन ९ अर्ब डलर, उठायो ३० करोड डलर

Technology Khabar ८ मंसिर २०७८, बुधबार

पोकेमन गो निर्माता नियान्टिकको मूल्यांकन ९ अर्ब डलर, उठायो ३० करोड डलर
NTC_Advt

पोकेमन गो को निर्माता अग्मेन्टेड रियालिटी प्लेटफर्मा नियान्टिकले हेज फन्ड कोटमार्फत् ३० करोड डलर संकलन गरेको छ।

कम्पनीले सोमबार आफ्नो ब्लगपोस्टमा जनाए अनुसार उक्त रकम संकलनका क्रममा नियान्टिकको मूल्यांकन ९ अर्ब डलर गरिएको थियो।

सन् २०१५ मा गुगलबाट छुट्टिएर बनेको हो भने त्यसयता गुगलका पूर्व कार्यकारी जोन ह्याङ्कको नेतृत्वमा चलिरहेको छ।

कम्पनीले संकलित रकम आफ्नो डेभलपरहरुलाई एआर सिर्जना तथा वास्तविक दुनियाँको मेटाभर्सबारेको अवधारणामा मा सघाउनका लागि हालै सार्वजनिक भएको लाइटशिप प्लेटफर्म विस्तारका क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ।

‘नियान्टिकले एआरमा आधारित विश्वको थ्रीडी नक्शामा काम गरिरहेको छ र यसले कम्प्युटिङ दुनियाँको आगामी परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छाैं’, हेज फन्ड कोटका साझेदार म्याट माजिओले भने।

रोयटर्सका अनुसार नियान्टिकको मूल्यांकन सन् २०१९ मा ४ अर्ब डलर गरिएको थियो भने त्यतिबेला कम्पनीले साढे २४ करोड डलर संकलन गरेको थियो। त्यसपछि आफ्नै कोष नियान्टिक भेन्चर्स सार्वजनिक गरेको कम्पनीले एआरमा आधारित कम्पनीहरुसँग साझेदारी भएका काममा खर्च गर्दै आएको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार