चिप अभावका कारण ओला इलेक्ट्रिकको ढुवानीमा ढिलाइ

Technology Khabar ७ मंसिर २०७८, मंगलवार

चिप अभावका कारण ओला इलेक्ट्रिकको ढुवानीमा ढिलाइ
NTC_Advt

भारतको ओला इलेक्ट्रिकले यस वर्षको सेप्टेम्बरमा आफ्नो पहिलो ई-स्कूटर एस१ र एस १ प्रो लन्च गरेदेखि डेलिभरीमा ढिलाइ गरिरहेको छ।

फर्स्ट पोस्ट र इकोनोमिक टाइम्सकाअनुसार ओलाले टेस्ट ड्राइभका लागि थोरै मात्र स्लटहरू खोलेको छ। स्थान पहिले नै सुरक्षित गरेका ग्राहकहरूले पनि ढिला सूचना प्राप्त गरेका छन्। टेस्ट ड्राइभ पनि चयन गरिएका ग्राहकहरूका लागि मात्र खुल्छ जसले उत्पादन सुरुवातको पहिलो दुई दिनमा ई-स्कुटरहरू प्रि-अर्डर गरेका थिए।

ओला इलेक्ट्रिकका सीएमओ वरुण दुबेले बताएअनुसार उनीहरूले यहि नोभेम्बर र फेब्रुअरी बीचमा डेलिभरी गर्नेछन् र डिसेम्बरमा फेरि प्रि-अर्डरहरू खोल्दैछन्।

ओला क्याब्सबाट बाहिरिएको धेरै समय पछि, ई-स्कुटर निर्माताले ठूलो लगानी प्राप्त गर्‍यो जसले कम्पनीको मूल्याङ्कनलाई युनिकर्न स्थितिमा पुर्‍यायो। यसले तमिलनाडुमा वार्षिक अधिकतम १ करोड ई-स्कुटरहरूको उत्पादन क्षमताका साथ फ्यूचर फ्याक्ट्री स्थापना गरेको छ। यद्यपि, अहिलेको लागि क्षमता कम छ र ढुवानीमा ढिलाइ भएको छ।

सेमिकन्डक्टरको अभावले सबै क्षेत्रहरूमा चुनौती खडा गरेको छ र ओला कुनै अपवाद नभएको दुबेले भनेका छन्। तर तिनीहरूले सबै कारकहरूलाई ध्यानमा राखेका छन् र प्रभावलाई सकेसम्म कम बनाउने छन्।

ई-स्कुटरहरू बाहेक, तिनीहरू भविष्यका लागि अन्य इलेक्ट्रिक सवारी साधनहरू जस्तै कार र थप प्रकारका दुई-पाङ्ग्रे सवारीहरू बनाउने योजना प्रक्रियामा छन्।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार