बेलायतका नयाँ घरमा विद्युतीय कार चार्ज गर्ने सुबिधा हुनै पर्ने कानूनी प्रावधान

Technology Khabar ७ मंसिर २०७८, मंगलवार

बेलायतका नयाँ घरमा विद्युतीय कार चार्ज गर्ने सुबिधा हुनै पर्ने कानूनी प्रावधान
NTC_Advt

बेलायतमा नयाँ बन्ने घरहरुमा आउँदो वर्षदेखि कानूनी रुपमै विद्युतीय कार चार्जर राख्नुपर्ने घोषणा हुने भएको छ।

बेलायतका प्रधानमन्त्रीले यसको आधिकारिक घोषणा गरेको र सरकारले प्रत्येक वर्ष देशभरमा १ लाख ४५ हजार चार्जिङ प्वाइन्ट इन्स्टल हुने अपेक्षा गरेको बताइएको छ।

नयाँ बनेका वा ठूलो जीर्णोद्धार भइरहेका सुपरमार्केट, कार्यस्थल तथा भवनहरुमा पनि यो नियम लागू हुनेछ।

यो निर्णय बेलायत सरकारले पेट्रोल र डिजेल कारहरु सन् २०३० देखि किनबेच गर्ने र अहिले पनि सकेसम्म विद्युतीय कारको प्रयोग बढाउने योजना बनाए अनुरुप आएको बुझिएको छ।

कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रीको सम्मेलनका क्रममा सोमबार नयाँ कानूनको घोषणा गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘यो एउटा महत्वपूर्ण क्षण हो, हामी पुरानै तरिकाले अगाडि बढ्न सक्दैनाैं। हामीले हाम्रो अर्थतन्त्रलाई हरित औद्योगिक क्रान्तिमा ढाल्नु जरुरी छ।

तर लेबर पार्टीले भने उक्त घोषणाले चार्जिङ प्वाइन्टको उपलब्धताका हिसाबले विद्यमान भोगोलिक विभाजनलाई सम्बोधन नगर्ने आरोप  लगाएको छ।

लन्डन तथा दक्षिण पूर्वमा बेलायतका अन्य भाग र वेल्सको जोड्दा हुनेभन्दा धेरै कार चार्जिङ प्वाइन्ट रहेको बताइएको छ।

लेबर पार्टीले यसबाहेक यस्ता चार्जिङ प्वाइन्टले न्यून र मध्यम आय भएका परिवारले विद्युतीय कार किन्न नसक्ने र यसबाट सरकारको गिगाफ्याक्ट्री बनाउनका लागि आवश्यक रकम उठ्न नसक्ने भन्दै आलोचना गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार