Technology Khabar ७ मंसिर २०७८, मंगलवार
काठमाडौं ।
स्विडेनको एरिक्सन सोमबार क्लाउड कम्युनिकेशन संस्था भोनेजको स्वामित्व ६ अर्ब २० करोड डलरमा खरिद गर्न सहमत भएको छ।
दूरसञ्चार सम्बन्धी उपकरण निर्माता कम्पनी एरिक्सनले आफ्नो फाइभजी पोर्टफोलियो विस्तार गर्ने उद्देश्यले यो कदम चालेको बुझिएको छ।
एरिक्सनको इतिहासमा सबैभन्दा ठूलो सम्झाैताका रुपमा रहेको भोनेजको स्वामित्व ग्रहण गत वर्ष १.१ अर्ब डलरमा क्रेडलप्वाइन्ट किनेपछिको दोस्रो हो। क्रेडलप्वाइन्टको खरिदपछि आईओटीमार्फत् फोरजी वा फाइभजी नेटवर्कमा कनेक्ट गर्ने टूलहरु एक्सेस गर्न सहज भएको थियो।
अमेरिकामा रहेको भोनेजले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस बनाउने गर्छ जसले विभिन्न सफ्टवेयरहरु एक आपसमा सञ्चार गर्न सक्षम बनाउँछ।
‘भोनेज हामीले हालसम्म बनाएका इन्टरप्राइजहरुका परिपूरक हो, क्रेडलप्वाइन्ट यसैका लागि एउटा कोशेढुंगो थियो’, एरिक्सनका सीईओ कार्ल मेलान्डरले रोयटर्सलाई भने।
एरिक्शनले प्रत्येक भोनेज शेयरका लागि २१ डलर तिर्नेछ जुन गत शुक्रबारको अन्तिम मूल्यको २८ प्रतिशत प्रिमियम सहित तथा पछिल्ला ३ महिनाको औसत मूल्यमा ३४ प्रतिशत प्रिमियम सहितको रकम हो।
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार