नेपाल टेलिकमकी चिफ कमर्शियल अफिसर संगीता पहाडीलाई अन्तर्राष्ट्रिय अवार्ड

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
नेपाल टेलिकमकी चिफ कमर्शियल अफिसर संगीता पहाडीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की डेपुटी म्यानेजिङ डाइरेक्टर तथा चिफ कमर्शियल अफिसर (सीसीओ) संगीता पहाडी (अर्याल) ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन्।

उनले सार्वजनिक तथा सामाजिक क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको मुल्याङ्कन र कदर गर्दै थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी अलुम्नाई एशोसियसन (एआइटिएए) द्धारा प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

एशियाको सबैभन्दा पुरानो र प्रविधि अध्ययनको लागि चर्चित क्षेत्रिय विश्वविद्यालय एशियन इन्सिच्युट अफ टेक्नोलोजीको अलुम्नाई एशोसियसनले पहाडीलाई सार्वजनिक क्षेत्रमा प्राप्त गरेको उदाहरणीय र अनुकरणीय सफलताको कदर गर्दै यहि नोभेम्बर २१ तारिखमा सो अवार्ड प्रदान गरेको हो।

करिब ४० मुलुकका विशेषज्ञहरुमध्ये नेपालबाट पहाडीलाई अवार्डका लागि छानिएको र एशोसिएसनको ५० औं कार्यकारी बोर्ड बैठकले पहाडीलाई अवार्ड प्रदान गरेको हो।

पहाडीले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी थाइल्याण्डबाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी हुन्। नेपाल टेलिकममा कार्यरत उनीसँग दूरसञ्चार क्षेत्रमा करिब ३ दशकको अनुभव छ।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार